• हरि कोइराला पथरी असोज ९ ।

    गत साउन २७ र २८ गते आएको बाढीबाट विस्थापित मोरङको कानेपोखरी–३ की १०६ वर्षीया नङ्गे मुर्मुको घर निर्माणका लागि २ लाख ७३ हजार ३८४ रुपैयाँ संकलन भएको छ । युके,हङ्कङ–कानेपोखरी समाजका कोषाध्यक्ष देवनन्द गुरुङले सोमवार उक्त रकम नङ्गे मुर्मु पुर्नस्थापनाका अभियन्ता सुयर्माराज राईलाई हस्तान्तरण गरेका छन् । राई दम्पत्तिले ५ हजार रुपैयाँ जम्मा गरेर सुरु गरेको अभियानमा नेपाल, युके र हङ्कङबाट सहयोग जुटेको हो । अभियन्ता राईले सोमबार नै सोही वडाका वडाध्यक्ष किर्तिमान मादेनलाई उक्त नगद जिम्मा लगाउनु भएको छ । आजै स्थानीय मितेरी विकास बैंकमा जम्मा गरिएको रकमले मुर्मुलाई सुरक्षित रुपमा घरबास गराउने अभियन्ता राईले बताए ।



    हङ्कङ–कानेपोखरी समाजका कोषाध्यक्ष देवनन्द गुरुङल नेपालीको दुखमा मलम पट्टी लगाउन विदेशी भूमिका नेपालीहरू क्रियाशील भइरहेको बताएका छन् । तर कहिले काँही बिदेशबाट पठाएको पैसा दुरुपयोग भएको समाचार सुन्दा दुख लागेको गुरुङको भनाई थियो ।बाढीबाट विस्थापित भई स्थानीय शिक्षा सदन माविमा बसिरहेको बेला राहत वितरण गर्ने क्रममा १०६ वर्षीय मुर्मु चिसो भुईमा भुजा चुस्दै गरेको अवस्थामा भेटिएकी थिइन ।

    विद्यालयमा कष्टपूर्ण जीवन यापन गरिरहेको देखेपछि राईले मुर्मुको पुर्नस्थापनाका लागि सहउोग संकलन अभियान चलाएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…