• प्रतिनिधिसभासँगै प्रदेशको निर्वाचन नजिकिएपछि मुख्यमन्त्रीका दाबेदार पनि प्रकट हुन थाले

    कांग्रेस


    प्रदेश नं १

    अशोक कोइराला, बलबहादुर केसी, तारामान गुरुङ, मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डा. डिला संग्रौला, भीष्मराज आङदेम्बे, अमृत अर्याल

    प्रदेश नं २
    चित्रलेखा यादव, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव, अजयकुमार चौरसिया, उमाकान्त चौधरी

    प्रदेश नं ३

    अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, नरहरि आचार्य, नवीन्द्रराज जोशी, गगन थापा, मोहनबहादुर बस्नेत, ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय

    प्रदेश न ४
    प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्त, धनराज गुरुङ, अर्जुन जोशी, यज्ञबहादुर थापा, ध्रुव वाग्ले, कमलप्रसाद पंगेनी

    प्रदेश ५
    बालकृष्ण खाण, चन्द्र भण्डारी, किशोरसिंह राठोर, देवेन्द्रराज कँडेल, दीपक गिरी, भरत साह ५ नं. प्रदेशबाट मुख्यमन्त्रीका लागि कांग्रेसका प्रमुख दाबेदार हुन् ।

    प्रदेश ६
    जीवनबहादुर शाही र हृदयराम थानी मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । त्यस्तै, राजीवविक्रम शाह, तप्तबहादुर विष्ट, ललितजंग शाही पनि चर्चामा ।

    प्रदेश ७
    देउवाको गृहजिल्ला डडेल्धुरासमेत रहेको प्रदेश नं. ७ बाट मुख्यमन्त्रीका लागि एनपी साउद, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर मुख्य दाबेदार हुन् ।

    एमाले



    प्रदेश नं  १
    सचिवद्वय योगेश भट्टराई र भीम आचार्य तथा पोलिटब्युरो सदस्यद्वय लालबाबु पण्डित र शेरधन राई मुख्य दाबेदार ।

    प्रदेश नं २

    सत्यनारायण मण्डल, नागेन्द्र चौधरी र रघुवीर महासेठ प्रदेश नं. २ बाट मुख्यमन्त्रीका लागि एमालेका मुख्य दाबेदार

    प्रदेश नं  ३
    अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, सानु श्रेष्ठ । सर्वसम्मति दिएमा मुख्यमन्त्रीको उम्मेदवार हुने राजेन्द्र पाण्डेको तयारी ।

    प्रदेश नं  ४
    सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ र केन्द्रीय सदस्य तथा सांसद रवीन्द्र अधिकारी

    प्रदेश नं  ५
    विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, बैजनाथ चौधरी, दलबहादुर रानामगर

    प्रदेश नं  ६
    प्रकाश ज्वाला, यमलाल कँडेल र गोरखबहादुर बोगटी मुख्यमन्त्रीका चर्चामा छन् ।

    प्रदेश नं  ७
    पार्टी उपाध्यक्ष भीम रावल मात्र होइन, नेता कर्णबहादुर थापा र भानुभक्त जोशी पनि मुख्यमन्त्रीको दाबेदार छन्

    माओवादी


    प्रदेश नं  १ 
    माओवादी प्रदेश नं. १ को विस्तारित बैठकले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा गोपाल किरातीलाई सर्वसम्मत सिफारिस गरेको नेता हेमराज भण्डारीले बताए ।

    प्रदेश नं २

    प्रदेश नं. २ को मुख्यमन्त्रीमा माओवादी उम्मेदवारको रूपमा मातृका यादव, रामचन्द्र झा, उर्मिला अर्याललगायतको नाम चर्चामा छ ।

    प्रदेश नं ३

    प्रदेश नं. ३ को विषयमा माओवादीले कुनै निर्णय गरेको छैन । केही दिनमा बस्ने प्रदेश बैठकले प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको टुंगो लगाउनेछ ।

    प्रदेश नं ४

    प्रदेश नं. ४ को विस्तारित बैठक ७ असोजमा बस्दै छ । सो बैठकले सम्बन्धित जिल्लालाई प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको सिफारिस गर्न सक्नेछ ।

    प्रदेश नं ५

    पार्टीका शीर्ष नेता कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माको प्रदेश हो । अहिलेसम्म कुलप्रसाद केसीले दाबी प्रकट गरेका छन् ।

    प्रदेश नं ६

    सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मुख्यमन्त्रीमा इच्छा देखाएका छन् । त्यस्तै, जुम्लाका पूर्वसभासद् नरेश भण्डारीको नाम पनि चर्चामा छ ।

    प्रदेश नं ७

    प्रदेश नं. ७ मा कुनै पनि नेताले खुलस्त दाबी गरेका छैनन् । गत साता बसेको प्रदेश बैठकले संघ र प्रदेशका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

    प्रदेश प्रमुखको तलब सुविधा एक लाख चार हजार

    पारिश्रमिक : मासिक ६४ हजार 
    अतिथि सत्कार भत्ता : मासिक ४० हजार
    निजी चिकित्सक : एकजना 
    सचिवालय : १२ सदस्यीय 
    पोसाक भत्ता : वार्षिक १८ हजार
    अन्य सुविधा : सवारीसाधन उपलब्ध गराइने, आवश्यकताअनुसार विज्ञ राख्न सक्ने

    सरकारले प्रदेश प्रमुखलाई मासिक तलब एक लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार र अतिथि सत्कारका लागि ४० हजार रुपैयाँ रहनेछ । सो विधेयक सोमबार संसद् सचिवालयमा दर्ता भएको छ । ४ कात्तिकसम्म कार्यकाल रहेको चालू संसद्बाटै पारित गर्ने गरी यो विधेयक ल्याइएको हो ।

    प्रत्येक प्रदेशमा आफ्नो प्रतिनिधिका रूपमा सरकारको एकजना प्रदेश प्रमुख रहने संवैधानिक व्यवस्था छ । सरकारले प्रदेश प्रमुखका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । संविधानको धारा ६३ अनुसार राष्ट्रपतिले पदमुक्त नगरे प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुनेछ ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…