• बिबिसी/संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाली आकाश क्षेत्रभन्दा बाहिर भएपनि अमेरिकी बमवर्षकहरुलाई गोली प्रहार गरेर खसाल्न उत्तर कोरियासँग अधिकार छ भन्ने दावीको भर्त्सना गरेको छ।  ह्वाइटहाउसकी प्रवक्ता सारा हकाबी स्याण्डर्सले सञ्चारकर्मीहरुसँग भनिन् । वाशिङटनले युद्ध घोषणा गरेको भन्ने उत्तर कोरियाका विदेश मन्त्रीको भनाइ ‘हास्यास्पद’ छ। उत्तर कोरियाली विदेश मन्त्री रि योङ होले युद्धविमानहरु उत्तर कोरियाली आकाशमा नरहेपनि गोली हानेर खसाल्ने अधिकार रहेको बताए।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताको आयु अब धेरै नरहेको भन्दै गरेको ट्वीटको प्रतिक्रियामा उत्तर कोरियाका विदेश मन्त्रीको भनाइ आएको हो। विदेश मन्त्री होले न्यू योर्क छोड्नु अघि सञ्चारकर्मीहरुसँग भने, ‘सारा विश्वले स्पष्टसँग सम्झोस हाम्रो मुलुकमाथि युद्ध घोषणा पहिले अमेरिकाले गरेको हो।’ ‘त्यसैले हामीमाथि त्यसको प्रतिकार गर्ने अधिकार छ। त्यसमा हाम्रो आकाश क्षेत्रबाहिर भएपनि अमेरिकी रणनीतिक बमवर्षकहरु गोली हानेर खसाल्ने पनि पर्छ।’
    दक्षिण कोरियाली विदेश मन्त्री काङ क्यूङ-ह्वाले अमेरिकालाई थप तनाव नबढाउन आग्रह गरेकी छन्।


सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…