• राक,संवाददाता

    विराटनगर, जेठ २२  नेपालको पुर्वी क्षेत्रमा शसस्त्र प्रहरीको मिलेमत्तोमा पछिल्लो समय काठ तस्करीको सिलसिलाले व्यापकता पाएको छ । बन उपोभोक्ता समितीसंगको मिलेमत्तोमा सशस्त्र प्रहरीको मथिल्लो तहकै अफिसरहरुले उक्त काठ तस्करीको काम अघि बढाईरहेका छन् । स्रोतका अनुसार उपोभोक्ता समितिसंग मिली फर्जी कागज बनाई बन फडानी र तस्करी गर्ने काम प्रहरीले गरिरहेका छन् । विशेषगरी पुर्वक्षेत्रको मध्ये पहाडी जिल्लाका बनहरुमा यस्तो कामले व्यापकता पाएको स्रोतको दावी छ । स्रोत भन्छ ''काठ तस्कारी गर्न समेत सशस्त्र प्रहरीकै गाडि प्रयोग हुदै आएको छ । प्रहरीकै गाडीमा काठहरु तस्करी गरिदा कसैलाई संका समेत हुदैन ।'' यसरी काठ तस्करी गरिदा एक पटकमा १० लाखसम्मको फाईदा हुने गर्दछ । जसमध्ये आधा पैशा शसस्त्र प्रहरीका सबन्धित जिल्लाका हाकीमले नै पाउने गर्दछन् । त्यस्ता तस्करीको सेटिङ हुने जिल्लाहरुमा महिनामा १० पटक सम्म तस्करी हुने गर्दछ । मासिक १० पटकसम्म तस्करी गरिदा सशस्त्रका जिल्लाका हाकिम र उपोभोक्ता समितिलाई मासिक ५० लाख सम्म फाईदा हुने गरेको छ ।
    कुन कुन दर्जा र को को प्रहरी मुछिएका छन् तस्करीमा: फलोअप समाचार चाडै आउदै छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …