• झलझल्ती यादहरु हाम फालिरहेका छन,त्यो नया इतिहासका दिनहरु टाउकोमा घन बज्रीए झै बज्री रहेका छन। दासढुङ्गा देखि दरवार हत्याकाण्डसम्म,महाकाली देखि दोरम्बासम्मका इतिहासहरुले भित्र मुटु कुटुकुटु खाइरहेका छन।लजिकल युथले बनाएका लाइभ भिडियोहरु र बर्तमान नेपालको राजनितिक हाउगुजिहरुले कपाल भुत्ल्याइरहेका छन,कान निमोठिइरहेका छन।


    अनि आउदै गरेको निर्वाचनमा नजाने गाउको बाटै लामो पो हुने हो कि भन्ने नजर अन्दाजहरुले सपनीमा पनि दृश्य देखाइदिन्छ अनि विपनामा यिनै हरफहरुको साथ उपस्थित हुन मन लाग्छ सामाजिक संजाल र अन्लाईन मिडियाहरु मार्फत………


    आज देश अझै शान्त बनिरहेको छैन,हत्या ,दलालीका अपराधी राजनितीले जनतालाई र देशलाई एक्स्ला सिम्बोल पस्केको छ।आश्चर्यजनक शब्द सार्थक बन्न पाइरहेको छैन,असमान कानुन र बिभेदको धर्म डन्डिहरुले इतिहास भुल्दै हो कि आभाष भैरहेको छ। अनि केही हरफहरुमा जनयुद्धको दृष्य र हामिले सुनेका रेडियोका विप्लव ,वैद्य,बाबुराम नामहरु जसको टाउको गिड्नेसम्म आदेशमा हस्ताक्षर गर्ने बाहिर देखवटी मित्र शक्ति कथित बाम एमालेसग आजको माओवादीले सत्ता गठबन्धनको चाल चल्दै गरेका खबरहरुले महाकालीलाई पनि श्रध्दान्जली दिदा अनुपयुक्त नहोला कि???


    यदि गठबन्धनमा नौ महिने सत्ता एमालेसग चलाउने भए जनयुद्धको बिल किन अधुरो राखियो भन्ने प्रश्न पनि आउन थाल्छन।आजका टुट्फुट जस्तै बिरुप थियो आलोक प्रकरण या प्रबृत्ती ? गद्दारीको कानुन बनाइयोस।आपसी बिभेदका मुद्दाहरुलाई सष्लेशण गर्दै पहिला पार्टीको मुर्त रुप दिइयोस अनि नौ महिने रमाइलोको धङधङी कायापलट हुनेछ। हिजो संगै जनयुद्ध लड्ने र यो देशको सत्ताको सिहासन फ्याक्न कमरेड विप्लव,वैद्य र ती हजारौं जनमुक्ति सेनाहरुको बराबर भुमिका र योगदान छ।विश्वका कुनै पनि देशमा सम्पन्न क्रान्तिका योद्दाहरु युज एन्ड थ्रो गरिएका रेकर्डहरु सायदै नहोलान।



    जनयुद्धमा १० करोड दिन्छु युद्द लड्न हिड भनेर भन्यो भने पनि जान नमान्नेहरु जस्ता मान्छेसग आज क्रान्तिकारी कम्युनिष्ट ,प्रगतिशील राष्ट्रवादले नक्कली राष्ट्रवाद सग गठबन्धन सत्ता चलाउछ भने हामिले फरक मत पस्किने छौं।नेतृत्वले पुरै सत्ताको साचो नेका र एमालेलाई दिएर आफू सत्तामा नगइ पार्टी सुधृढिकरण अभियानलाई तिब्रता नदिए आफैले सम्झौता गरेको संसदीय भासको घट्टले पिठो हुने गरि पिध्नेछ।पार्टीलाई होइन जनतालाई धुलो पिठो बनाउनेछ,जन आशाहरुलाई कू गर्नेछ।



    नेपालको पुरानो सत्ता जोगाउन मरिहत्ते गरेर लागेको सेरेमोनियल किङ्डमको प्रस्ताव राख्ने प्रस्तावक अतिवादसंग सत्ताको सांचो शेयरिङ सदा सर्वदा गलत मेसेज जनतामा जानेछ कि भन्ने हाम्रो शुभचिन्तकिय विश्लेषण हो कमरेडहरु !!


    हिजो जनयुद्ध लडेर आएका सम्पूर्ण योद्दाहरुलाई मुलुकको एउटा शक्तिको रुपमा स्थापित गर्दै रोजगार देउ,असन्तुष्टीहरु सग अब गम्भीर बहस गर्दै विभिन्न टुक्राबाट एक सत्तिसाल बनिदेउ भने नेपालको सत्ताको मालिक आफै हुनेछ माओवादी ।


    माओवादी भनेको सबै श्रमजीवी ,शोषित ,पिडित,उत्पीडित ,महिला,मुस्लिम, दलित र आम परिवर्तन पक्षधर जनता हुन भन्ने मेसेज जनतासम्म नपुगुन्जेल आफ्नै आन्तरिक अन्तरविरोधमा ओली कमान्डर र प्रचण्ड सदस्य बन्ने खतरा बढिरहेको जस्तो लाग्छ।यी बिडम्बनाहरु नदोहोर्याउन हामी हार्दिक अपिल गर्दछौं।


     देश अग्रगामी कदम तर्फ द्रुत गतिमा अघि बढ्नुपर्नेमा आफ्नै टुट्फुटले कमजोर बनाइ पछाडि घचेटीरहेको अवस्थालाई मनन गरियो भने त्यसले नै अत्युत्तम भुमिका निर्वाह गर्नेछ। राज्यको ढुकुटीबाट अरबौं रकम खर्च गरेर सम्पन्न निर्वाचनले संतोषजनक नतिजा नल्याउनु नै संसदीय व्यवस्थाको चेपुवामा केन्द्र चेपियो भन्ने अनुमान हाम्रो छ। संसदीय व्यवस्थाको विरुद्द लागेका कमरेड नेत्रविक्रम चन्दलाई बार्तामा बोलाएर त्यसको बिकल्प के हो त ??? समस्याको निराकरण गरियोस।


     असन्तुष्टिको राजनिती भंग होस।नेपाल लुटिरहने परम्पराका मानिसहरुले सिंहदरबार टेक्न नसकुन ,देशभक्त जनताहरुको समृद्धिको उजागर गरियोस।अन्यथा एमाले लगायतका दलसग गरिने गठबन्धन सत्ताले नेपालको राज्य गर्भिणी भैरहनेछन।

        चेतना भया ।

    मेलम्ची नगरपालिका १; भोटेचौर(सिन्धुपाल्चोक )

    हाल :काठमाडौं    लक्ष्मण चौलागाईं “विद्रोही”






सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …