• १० असोज, काभ्रे । काभ्रेको रोशी गाउँपालिका-३ शिखरआम्बोटेस्थित निङगालेमा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    बनेपाबाट डाँडापारि जाने क्रममा विहान ११ बजेतिर बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटना हुँदा चार महिला र एक पुरुषको मृत्यु भएको हो ।

    दुर्घटनामा काभ्रे महाभारत गाउँपालिका २ बस्ने ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया मेहन्दीमाया जिम्बा, २७ वर्षीया मनिता मोक्तान र १९ वर्षीया कुमारी जिम्बाको मृत्यु भएको हो । मृतक अर्का एक जना पुरुषको सनाखत भएको छैन ।सोही गाडीमा सवार ८ वर्षीया बालिका कृष्टिना मोक्तान हराइरहेको र उनको खोजी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएका काभ्रे महाभारत २ बस्ने ८ वर्षीय अभिषेक तामाङलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

    गाडिमा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान छ । उक्त गाडी दशैं मान्न जानेहरुले रिजर्भ गरेर लगेको बताइएको छ ।


सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…