• उर्लाबारी समाचारदाता, १० असोज, मोरङको पथरीशनिश्चरे ३ स्थित वीरेन्द्रनगर क्रिकेट क्लबले आगामी असोज १९ देखि ३१ गतेसम्म वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको सातौं संस्करण आयोजना गर्ने भएको छ ।

    मोरङको जिल्ला सदरमुकाम विराटनगर बाहिर हुने प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू समेत सहभागी हुने पक्का भएको छ । मेहवुब आलम, पुष्प थापा, विधान गोश्वामी, सिद्वान्त लोहनीजस्ता खेलाडीहरू सहभागी हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ टिमले सहभागिता जनाउने मंगलबार आजोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    प्रतियोगिताका विजेतालाई ५१ हजार नगद सहित ट्रफि र मेडल तथा उप बिजेतालाई ३१ हजार नगद, ट्रफि र मेडल प्रदान गरिने प्रतियोगिता आयोजना गर्न साडे ४ लाख रुपैयाँ खर्च हुने खेल संयोजक हेमन्त ओझाले बताए ।

    २० ओभरमा खेलाइने प्रतियोगितामा सहभागि हुने टिम २२ भन्दा बढी आए पनि ब्यवस्थापन चुनौतिपूर्ण भएकाले १६ टिमलाई मात्र सहभागि गराउन लागिएको अध्यक्ष राजेश कुइकेलले बताए । उनले गाउँमा भए पनि क्रिकेटको 'चार्मिङ' उच्च भएको बताए । '७ वर्ष यता हामी निरन्तर प्रतियोगिता आयोजना गरिरहेका छौं । सरकारी सहयोग छैन । सहभागि टिमबाट सहभागिता शुल्क ५ हजार संकलन गरी प्रतियोगिता गर्नु परेको छ' कुइकेलले भने ।

    प्रतियोगिता सञ्चालनका लागि पथरीशनिश्चरे नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने उनको भनाई छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…