•  

    उर्लाबारी असोज १०
    पीकअप भ्यानको ठक्करबाट मोरङको उर्लाबारीमा आज दिउसो एकजनाको मृत्यु भएको छ । उर्लाबारी इटहरा सडकखण्ड अन्तर्गत उर्लाबारी –९ स्थीत गुरुङ चोकमा उर्लाबारीबाट दक्षिण तर्फ जाँदै गरेको मे ६ प ६०० नम्बरको मोटरसाइकललाई उत्तर आउँदै गरेको मे १ ज १९१४ नम्बरको पीकअप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो ।
    ठक्करबाट मोटरसाइकल चालक रतुवामाइ नगरपालीका १० बस्ने ४० बर्षिय मदन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दिउँसो अन्दाजी साढे २ बजे भएको दुर्घटनामा गम्भिर घाइते आचार्यको उपचारका क्रममा दिउँसो ३ बजे अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो । दुइवटै सवारी प्रहरी कार्यालय उर्लाबारीकोे नियन्त्रणमा रहेको र पीक अपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…