• उत्तम रिजाल,

    २०७४ असोज ११

      झापाको दमकमा सोह्र बर्ष मुनिको राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पुर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) ले आज दमकमा प्रत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएका हुन् ।

    असोज २० देखी हुने प्रतियोगिता २२ गते सम्म चल्नेछ । प्रतियोगिताको खुल्ला तर्फ चौथो सम्मका खेलाडी तथा छात्रातर्फ च्याम्पियन हुने खेलाडीले भारतको अहमदाबादमा हुने आगामी युथ ओलम्पियाडमा नेपालको प्रतीनिधित्व गर्नेछन् । खुल्लातर्फ प्रथम हुनेले नगद सात हजार ट्रफी तथा मेडल प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद पाँच हजार ट्रफी तथा मेडल, तेस्रो हुनेले नगद तीन हजार ट्रफी तथा मेडल प्राप्त गर्नेछन्।

    त्यस्तै प्रतीयोगितामा चौथो हुनेले नगद दुई हजार र मेडल तथा पाँचौ हुनेले पन्ध्र सय तथा छैटौं देखी दशौं हुनेले नगद एक हजार र मेडल प्राप्त गर्नेछन् । त्यस्तै छात्रातर्फ प्रथम हुनेले नगद पाँच हजार ट्रफी र मेडल प्राप्त गर्ने छिन भने दोस्रो हुनेले नगद तीन हजार ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद दुई हजार ट्रफी र मेडल प्राप्त गर्ने छन् । त्यस्तै चौथौ हुनेले नगद पन्ध्र सय र मेडल तथा पाँचौ देखी सातौं सम्मकाले नगद एक हजार र मेडल प्राप्त गर्नेछन् । कुल पुरस्कार राशी ३८ हजार रहेको छ ।



    प्रतीयोगितामा खुल्लातर्फ ४० जना र छात्रातर्फ २० जनाले सहभागिता जनाउने पुर्व नेपाल च्याम्पियन निरौलाले जानकारी दिए । प्रतीयोगिता सम्पन्न गर्न करिब दुई लाख लाग्ने जनाइएको छ । प्रतीयोगिता स्थानिय होटल कात्यायानी ईनमा संचालन हुनेछ । प्रतीयोगिताको आयोजना डाईनामिक चेस एकाडेमी दमक र नेपाल बुद्धिचाल संघले संयुक्त रुपमा गरेका हुन् ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…