• - दुर्गा कुंवर

    मुलुकमा अस्त ब्यस्त राजनिती,चरम गुटबन्दी र हुनेगरेका अतिवादी हर्कतका न्युजहरुले प्रवासबाट केही भन्न मन लाग्यो ।इतिहासका जननी पहिलो सहिद लखन थापाको शालिक भाच्नेहरुले नेपालको उपलब्धी नै मर्काउने पो हुन कि भन्ने भय र बेमेल राजनित्क परिवेशको कारण आज देशभरका देशभक्त जनताहरु आश्चर्यचकित भइरहेका छन।हामी हाम्रो देशमा कुनै अप्रीय घटना भएको सुन्न चाहदैनौ र यस्ता समाचारहरुले हामीलाई अतिवाद प्रती घृणा प्रकट हुन्छ।देशका अलपत्र परेका सम्बोधनहरुलाई निराकरण गर्दै समृद्द तर्फको नेपाली सपनालाई अघि बढाउने कि भएका सम्पदा विनास गर्ने ?

    म यो प्रश्न लखनको शालिक भत्काउने पोखरा लेखनाथ महानगरपालिकाको मेयर मानबहादुर लाई सोध्न चाह्न्छु। देश रोइरहदा आफू मस्त हास्नेहरुको झुन्डले आजकल आफुलाई नक्कली राष्ट्रवादको लेप लगाउदै नया जोगिले भन्दा ज्यादै नै राष्ट्रवादको खरानी घसेको प्रती सबै सचेत नागरिकहरुको ध्यानाकर्षण हुन जरुरी छ।इतिहासमा हजारौंको बलि भयो कारण आजका यस्ता हर्कतहरुको शक्ति प्रदर्शन हेर्न त पक्कै होइन कि भनेर सबैमा प्रश्न गर्न चाहन्छु। हामिसग भएका सास्कृतिक,प्राकृतिक,धार्मिक लगायत पुरातत्व सम्पदाको बिनास गर्ने राष्ट्रवाद कि त्यसलाई सस्थागत गराउने राष्ट्रवादी भन्ने सन्दर्भमा सबैको ध्यान जानू जरुरी छ।

    प्रवासबाट रेमिटेन्सले धानेक देशमा लाखौं रकम सेवा ,सुविधा र तलबका भिभिआइपी उज्याला समाचारहरुले अझै पनि हाम्रो सत्ताको नाम फेरियो तर मुहार फेरिन नसकेको प्रती हार्दिक दुख ब्यक्त गरिरहन्छ हामी प्रवासी को मनले।गरिब जनताको ढाडमा दाल दलेर ,युवा बर्गको पसिना पिएर कहिले र कसरी सम्भव छ मुलुकको समृद्दी ? यहाँनेर देशका नदिनाला बेच्नेहरुको रमाइलो वैध हुनुप्रति असमान कानुनको बारेमा छुट्टै विरोध पस्किन्छौं हामी।लोकतान्त्रिक शासन व्यवस्थामा जनता सत्ताको मालिक हुनुपर्ने स्थानमा राष्ट्रको दलाल सत्ताको मालिक बन्नु कति सम्म विडम्बना होला?

    -प्रवासबाट

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …