• बीबीसी । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो देशले विश्वकप उपाधिका लागि अन्तिम समयसमम प्रतिस्पर्धा गर्ने बताएका छन् । \

    विश्वकपको आयोजक भएका हुनाले रुस कुनै छनौट खेल नखेली प्रतियोगिताका लागि छनौट भएको टोली हो । तर रुस अन्य ३१ टोली मध्य फिफा वरियतामा सबैभन्दा तल्लो स्थानमा रहेको टोली हो ।

    बिहिबार उद्घाटन खेल हुनअघि राष्ट्रपति पुटिनले आफ्ना खेलाडीले हालैका प्रदर्शनमा राम्रो प्रदर्शन गरेकामा खुशी व्यक्त गरे । रुसले  आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियालाई २–० ले पराजित गरेको थियो ।

    अक्टोबरमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूणै खेलमा पनि रुसले दक्षिण कोरियालाई ४–२ ले पराजित गरेको थियो । यद्यपी गत महिना रुसले मैत्रीपूर्ण खेलहरुमा अर्जेन्टिना, ब्राजिल, फ्रान्स र अस्ट्रियासँग हार व्यहार्न परेको थियो ।

    रुसले स्पेन,  इरान र टर्किसँग भने बराबरी खेलेको थियो । विश्व वरियतामा ७० औं स्थानमा रहेको आयोजक रुस उद्घाटन खेलका प्रतिस्पर्धी साउदी अरेबीयाभन्दा ३ स्थान तल छ ।

    विश्वकप उपाधिका लागि रुसले अन्तिम समयसम्म प्रतिस्पर्धा गर्ने बताउँदै पुटिनले टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…