• एजेन्सी । ब्राजिलका विश्वकप विजेता रोनाल्डो नाजेरियोले यस पटकको विश्वकप ब्राजिलले जित्ने संभावना सबैभन्दा बढी भएको बताएका छन् ।

    रोनाल्डोले भनेका छन्,“विश्वकपका छनौट हुनु आफैमा एक संभावना हो । त्यसमा पनि ब्राजिलमा यस पटक अनुभवी र उत्कृष्ट खेलाडीहरु छन् । त्यसैले ब्राजिलले यस पटकको विश्वकप उपाधि जित्छ भन्नेमा म आशावादी छु ।”

    सन् २००२ मा भएको विश्वकपमा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई पाँचौ विश्वकप उपाधि दिलाएका थिए । जसमा रोनाल्डोले फाइनलमा जर्मनीका विश्व उत्कृष्ट गोलरक्षक ओलिभर कान विरुद्ध २ गोलगर्दै सनसनी मच्चाएका थिए ।

    त्यसपछि १६ वर्षयता ब्राजिल फाइनलमा पुग्न सकेको छैन् । रोनाल्डोले १६ वर्षयताको पर्खाइले अबको एक महिनामा सार्थकता पाउने धारणा राखेका छन् । रोनाल्डो विश्वकपमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् ।

    [caption id="attachment_19362" align="alignright" width="768"] 22613030[/caption]

    उनको १५ गोल रहेको छ । विश्वकपमा आफ्नो टोली ब्राजिललाई समर्थन गर्न रुस पुगेका रोनाल्डोले जर्मनी, स्पेन, अर्जेन्टिना र फ्रान्स ब्राजिलका लागि चुनौती हुने पनि बताएका छन् । तर उनी आफ्नो देशको खेल शैली अन्यभन्दा पृथक भएकाले उपाधि ब्राजिललेनै जित्नेमा विश्वस्त छन् ।

    रोनाल्डो फुटबल जगतका एक महापुरुष सरह हुन् । उनले विश्वकप उपाधि, बलुन डि ओर, विश्वकपको गोल्डेन बुट, युरोपियन गोल्डेन बुट लगायत फुटबलका सबै उपाधिहरु पाइसकेका छन् ।

    रिटायर्ड रोनाल्डो ब्राजिलको राष्ट्रिय टोलीबाट सर्वाधिक गोलगर्ने खेलाडीपनि हुन् । यस किर्तिमानीमा रोनाल्डो र फुटबलका पिता पेलेको समान ७७–७७ गोल रहेको छ । फुटबलको महासंग्राम रुस विश्वकप सुरु हुन अबमात्र २ दिनबाँकी छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…