• प्रेमिल फूलहरु रङ्ग भर्दै थिए
    फाट्टफुट्ट फूल जिस्काउँदै थिए
    तारे भिरबाट फूलले डाक्दै गर्दा
    म नसुन्ने भैसकेको थिएँ,
    फूलको रंग नठम्याउने बन्दै थिएँ।
    उज्यालोमा रात धेरै थियो,
    देख्ने प्रयत्न गर्दा गर्दै -
    चर्म-चक्षुको उज्यालो
    निभ्दै थियो…

    फूलले मलाइ बोलाउँदै गर्दा,
    मेरो यात्राको तर्जुमा हुँदै थियो।
    अन्ततः ती फूलहरुको साथ
    हराउँदै जाँदा...
    म रुपि शरिर मृत थियो
    मलाइ अन्तिम भेट गर्दै
    ओइलाउँदै निर्दोष
    सयपत्री
    मेरो शव पुर्दै थियो।

    प्रेम दिवश मा शुभकामना
    सन्देश बाहक फूलहरु
    मलाइ हेर्नुहुन्न भन्दै थिए।
    भिर को अप्ठ्यारोमा
    मलाइ डाक्ने फूलहरु
    झरिसकेका थिए ।

    म चितामा जल्दै गर्दा
    मेरो सँसार मै सग जल्दै थियो।
    फूलहरु म बाट टाढा थिए,
    नटर्ने मिति पुगेकोले
    मेरो सँसार मै सग
    जल्दै थियो।

    यादहरु मात्र छोडेर
    म रुपि मन को शरीर
    क्रमशःएक मुठी खरानी
    बन्दै गर्दा,
    आत्मा,मुक्तीको महाप्रस्थानमा
    बिलय भै उड्दै थियो।
    ती प्रेमिला फूलहरुले नदेख्ने गरि
    कथा कहानीको अन्त्य थियो ।

    राम्रो चर्चा गर्ने धेरै थिए,
    नराम्रो सोच्नेहरु नराम्रो चर्चामा
    डुब्दै थिए,
    ती चर्चा अरुले सुन्दै थिए,
    म त्याहा थिइन,तर कोहिको
    यादमा म बाचेको मैले थाहा
    पाउन पाइन

    चर्चा भने चल्दै थियो…।
    अबोध फूलहरुले चर्चा सुनेनन
    नकी त्यो फूलको लागि
    इतिहास मेरो अन्जान थियो …

    -लक्ष्मण चौलागाईं "विद्रोही"

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…