शनिबार, अशोज ११
By:Ratokalam
म स्नातक तेस्रो बर्षको परीक्षा दिएर बसेकाले खाली नै थिएँ त्यसैले भेट्ने निर्णय गरेर मैले हुन्छ भोलि बिहान ७ बजे नेपाल कमर्स क्याम्पसमा भेटुम् भने उसले ‘थ्याङ्क्स’ भन्दै रिप्लाई गरि त्यसपछी मैले मेसेज गरिन । भोलिपल्ट म नेपाल कमर्स क्याम्पस गएँ ठिक ७ बजे ऊ आएर बसिराखेकी रहि छे हाई किनार भन्दै म उनी बसेको ठाँममा गएँ उनले पनि हाई भनिन् ।
त्यसपछी उनले मलाई सिधै भनिन, सञ्जिब माया के का लागि गरिन्छ र ? म अचम्ममा परे संचो बिसंचो केही नसोधी सिधै यस्तो प्रश्न आउँदा, मलाई राम्रो सँग था थियो उ मेरै साथी संयोगको प्रेमिका थिई भनेर र मैले भर्खरै यो पनि था पाएको थिएँ कि यीनीहरुको ब्रेकअप भएको छ भनेर । म चुप बसेको देखेर उसले फेरि प्रश्न गर्दैै भनी, सञ्जिब ! मलाई भनन प्रेम के का लागि गरिन्छ ?
म केही भन्न सकिरहेकै थिईन मैले जबाफ दिएकै थिईन उ फेरि भन्न थाली, मैले संयोग यस्तो होला भनेर सोचेकी पनि थिईन साला खाते स्वार्थी । उ एकाएक गाली गलौजमा उत्रीन थालेपछि म चुप लागेर बस्न सकिन । मैले भने ‘के भयो किनार ? किन यस्तो कुरा गरेकी ? मलाई त केबल यति मात्र था थियो कि किनार र संयोगको ब्रेकअप भको छ भनेर ।’ त्यसपछि उसले फेरि भनी तिम्लाई थाहा छ संयोग कस्तो मान्छे भनेर साला स्वार्थी रै छ । एकछिन सन्नटा छायो मैले बिस्तारै सोधें, भयो चैं के ? किनार पैला त्यो त भनन त्यसपछी उसले भन्न सुरु गरि ।
सुरुमा हामी एक–अर्कालाई असाध्यै माया गथ्र्यौं उसले मलाई बुझ्थ्यो भनेको मान्थ्यो केयर गथ्र्यो र म पनि । हाम्रो माया प्रगाढ हुँदै गएको थियो हामी कलेजमा सँगै भयता पनी बेलुकातिर भेटिरहेका हुन्थ्यौं क्याफे तिर । उ मेरो प्रेमी म उसको प्रेमिका यो अर्थमा पनि हामी बिच माया प्रेमका कुरा सधैं हुने गर्थे चाहे त्यो फोन मेसेज या भेटघाटमा नै किन नहोस । बिस्तारै हामी झन नजिक हुन थाल्यौ हामिबिच चुम्बन साटासाट हुन थालिसकेको थियो, मलाई राम्रो सँग थाहा थियो जति धेरै भेटिन्छ यस्तो प्रक्रिया क्रमिक रुपमा अगाडि बढिरहन्छ उसले कुरा सेक्स सम्म पु¥याएको थियो । त्यो भएर हल्का भेट्घाट म आफैंले पातलो बनाउन थाले कि थिएँ यसको अर्थ यो हैन मैले माया कम गर्न थालेँ ।
मैले चाहेको त यो थियो कि चुम्बन भन्दा अगाडी कुनै कदम नचालियोस । उसले मलाई बारम्बार भेट्न बोलाइरहन्थ्यो म टारिरहन्थे तर पनि हाम्रो भेट १०÷१५ दिनमा एक पटक भैरहन्थ्यो क्याफे तिर ।
एकदिन उसले मलाई फोन गरेर भन्यो किनार दिदी घर जानू भएको छ म एक्लै छु हेरन बिरामी भएर खाना बनाउन नि सकिरहेको छैन । साँच्चै उ दिदि सँग बस्थ्यो र उसको दिदी घर जानुभएको थियो मलाई राम्रो सँग थाहा थियो उ एक्लै छ भनेर अनि मैले सोधें के बिरामी भयौ र ? साह्रै भाको हो ? उसले गाह्रो भैराको छ भन्यो मलाई कस्तो कस्तो भएर आयो म उसलाई असाध्यै माया गर्थें अनि उसले पनि । एक्लै छ त्यो पनि बिरामी छ भनेपछी म उसकोमा जाने निर्णय गरें ताकी तातो पानी, खाना बनाएर दिन सकुं र हेरबिचार गरुँ । उसको कोठामा म नगएको भएता पनि मलाई उ बस्ने घर थाहा थियो घर अगाडि पुगेर फोन गरें, उसले पख म तल आउँछु भन्यो जब उ मलाई लिन आयो उ हाँसिखुशी, स्फुर्त थियो उसलाई हेर्दा यो लाग्दैन थियो कि ‘उ बिरामी छ’ भनेर । म उसलाई पूर्ण बिश्वास गर्थें त्यै भर होला बिरामी छ भन्ने भयो ।
मैले सोधे के भयो तिम्लाई हेर्दा त बिरामी जस्तो छैनाँै त ! उसले भन्यो भेट नभएको धेरै भएको थियो दिदी नि घर जानुभएको बेला म एक्लै थिएँ अनि तिम्लाई बोलाउँदा आउँदिनौ भनेर बिरामी भएको नाटक गरें । मलाई रिस उठिसकेको थियो तर पनि कन्ट्रोल गर्दै थिएँ । त्यसपछी उसले चिया बनायो अनि हामी चिया पिउँदै गफ गर्न थाल्यौं । गफ त अरु के नै हुन्थ्यो र त्यै माया–प्रेम, भबिश्य, जिन्दगी यस्तै त हो । एउटा कोठामा प्रेमी प्रेमिका मात्र थियौं हामी, मलाई कता कता डर लागिरहेको थियो तर मलाई उ प्रती बिश्वास भएकाले डर कम गरिरहेको थिएँ । मेरो डर त्यतिबेला साबित भयो जब उसले शारिरिक सम्पर्कको प्रस्ताब राख्यो म दुखी भएँ मलाई बेकारमा आएको जस्तो भयो र म निस्कन लागेँ, उसले मलाई कन्भिन्स गराउँदै थियो म चुपचाप थिएँ । उसको कुरा सुनिसकेपछी लाग्यो आखिर म उसको प्रेमिका हुँ, म चाहान्छु उसले मलाई माया गरिरहोस र हामिबिच अरु सबथोक भएकै थियो केबल शरीर साट्न बाँकी थियो । यसको बारेमा पहिला पनि कुरा नगरेको हैन उसले तर मैले बिबाह अगाडि यस्तो गर्नु उचित हुन्न भनेर सम्झाउँदै आएको थिएँ ।
मैले सोचें उसको माया पाइराख्नको लागि भएपनि मैले यो सम्बन्ध राख्नु उचित होला । प्रेम अन्धो हुन्छ भन्ने कुरा यतिबेला आएर पुष्टि भयो मेरो हकमा । हामिले माया त साटेकै थियौं अब शरीर पनि साट्यौं त्यसपछी हामिबिच सिन्दुर पोते भन्दा अरु केही बाँकी थिएन एक श्रीमान÷श्रीमतिको बिचमा हुनुपर्ने सम्बन्धमा । मलाई कुनै पश्चताप थिएन यसको लागि आखिर उ मेरो प्रेमी थियो म उसको प्रेमिका तर यस्तो भनेर नहुँदो रैछ बिस्तारै उ म बाट टाढिन खोज्यो ।
फोनमा पनि झर्केर बोल्ने मन लगाएर नबोल्ने गर्न थाल्यो, भेट त तयसपछी पनि भैरह्यो तर पहिलाको जस्तो उल्समय भएन उ सानो–सानो कुरामा पनि रिसाउन थालेको थियो । अचनाक उस्ले म सँग फोन मेसेज भेटघाट सबैकुरा गर्न छाड्यो, म भित्र भित्रै तड्पेको थिएँ । उसको मायामा, कति बिश्वास थियो मलाई म आफू भन्दा बढी बिश्वास गर्थें उसलाई । एक दिन मेसेज आयो किनार मलाई था छ तिमी मलाई असाध्यै माया गछ्र्याै र उत्तिकै म पनि गर्छु तर सबैको आ–आफ्नो समस्या हुन्छ सोचेको जस्तो नहुँदो रैछ मलाई बुझ्ने कोसिस गर हाम्रो सम्बन्ध अब अगाडि बढ्न सक्दैन ।
त्यसपछि उसले फोन अफ ग¥यो न मलाई फोन र मेसेज गर्छ मैले गर्दा जहिले अफ मात्र । आखिर उसले म बाट खोजेको के थियो र ? किन माया ग¥यो ? के आफ्नो प्यास मेटाउनको लागि मात्र यत्रो नाटक रच्यो उसले ? एकाएक म माथि प्रश्नको बाढी तेस्र्याउन थालेकी थिई किनार । साला एक नम्बरको स्वार्थी रैछ …।
यति भनेर उ सुंक्क सुंक्क रुन थालेकी थिई म केही बोल्न सकेको थिईन । उसले आँसु पुछ्दै भनी, ‘केटिहरु माया पाईराख्न शारीरिक सम्पर्क राख्छ्न तर केटाहरु शारीरिक सम्पर्कका लागि माया गर्छन ।’ उ रुँदै थिइ संयोगलाई गाली गर्दै पनि थिई तर मेरो दिमागमा त्यै एउटै प्रश्न फनफनी घुमिरहेको थियो म सोचिरहेको थिएँ आखिर किन हुन्छ यस्तो एउटा सच्चा प्रेममा पनि धोका ? किन बुझ्दैनन प्रेम जोडिले एक अर्काको भावना ? के प्रेममा स्वार्थ लुकेकै हुन्छ त ? अनि फेरि त्यै प्रश्नले घच्घच्यायो, के केटाहरु शारीरिक सम्पर्कको लागि मात्र माया गर्छन ? र केटिहरु माया पाउनकै निमित्त शारीरिक सम्पर्क राख्छन त ?
म एकोहोरो सम्झिरहेँ मेरो मनसपटलमा संयोग घुमिरह्यो । साभार खबर बिहानीबाट