• काठमाडौं –

    रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलीजा गौतमले आफनो छोरा एरीकको पास्लीका लागि छुट्टयाएको रकम तराईका बाढी पिडीतलाई सहयोग गर्ने घोषणा गरेकी छन् । आज साँझ पहिलोपट फेसबुक लाइब मार्फत एलीजाले सो घोषणा गरेकी हुन् । तराईमा सुत्केरी महिला र नवजात सिसु खान र लगाउन नपाई भोक भोकै रहेको समाचारले आफुलाई स्तव्ध पारेको बताइन् ।एलीजाले भनिन “म पनि दुईवटा बच्चाको आमा हुं, तराईमा कयौं आमा  र बच्चा भोकै छन्, मृत्यु भएको बच्चालाई गाडने ठाँउ नभए बगाइएको त्यो दृश्य….. ”


    ५ महिना भएको छोरा एरीक धमलाको पास्नीको भव्य तयारी भइरहेको बेलामा तराईमा आएको बिपत्तीबाट आफु निकै दुखी भएको भन्दै एलीजाले छोराको पास्नीको लागी गरीने भव्य कार्यक्रमलाई स्थगीत गरेर उक्त पैसा बाढीपिडीतलाई दिने बताईन् । एलीजाले आफुसंगै तराईका बाढीपीडितलाई सहयोग गर्नका लागि सवैलाई अपिल गरेकी छन् ।


    पहिलो पटक फेसबुक लाइब मार्फत भुकम्प पिडीत तराईका बासिन्दालाई सहयोगको अपिल गरेकी छन् । एलीजाले छोराको नामबाट एरीक फ्ल्मिी प्रडक्सन दर्ता गरेको उल्लेख गदै केहि दिनमानै आफुलाई पर्दामा देख्न सकिने समेत बताइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…