• हास्यकलाकार केदार प्रसाद घिमिरे माग्ने बुढा सामाजिक संजालमा निकै सक्रिय छन्। देशको समसामयिक घटना र राजनीतिक परिवेशलाई तिखो व्यांङ्ग हान्न माहिर केदार घिमिरे माग्ने बुढाले कोमल ओलीको पाटि परिवर्तनको बिषयलाई लिएर व्यंग्य गरेका छन्। उनले केपी ओलीको भाषामा कोमल ओलीको लागि खुल्ला पत्र कोरेका छन्।

    उनि लेख्छन्,’भूइंचालोमा परेर फुटेको हाँडी जस्तो पाटीमा अब नबस,हामि तिमीलाई बेहुली बनाएर एमालेमा भित्र्याउन आतुर छौं।’

    यस्तो छ उनको विस्तृत स्टाटस:

    कोमललाई ओलीको पत्र ।
    प्यारी बैनी कोमल अबिबादन । हामि ओली ओली भएर पनि हरिबंसले छक्का पंजा २ मा गित गाएको जस्तो “म त यता किनारमा ,तिमि उता किनारमा” पो भईयो त । मलाइ काम्रेडहरुले “तिम्री कोमल राप्रपामा पोइल गई “भनेर जिस्काउछन ।

    मैले उनीहरुलाई “पोइल हिड्नेको भर हुदैन ,यता ल्याउन पनि सकिन्छ “भनेर आस्वासन दिएको छु । बैनी ,भूइंचालोमा परेर फुटेको हाँडी जस्तो पाटीमा अब नबस ,हामि तिमीलाई बेहुली बनाएर एमालेमा भित्र्याउन आतुर छौं साथै तिमीलाई प्रदेश सभाको चुनाबमा दाङ्गबाट टिकेट दिउँला । ओली ओली खेलौँला दोहोरी,कि कसो ? । तर एउटा शर्त पनि छ ,यता आएपछि चाहिं “ओइ शिब ओइ ,मलाइ चाहिएन पोइ ” भन्ने गित गाउनु पर्छ । “पोइल जान पाम” भन्ने गित गाउन पाउदिनौ नि !

    हेर बैनी, धेरै पोइल हिड्नेलाइ नयाँ लोग्नेले पनि बिश्वास गर्दैनन् रे । मुन्द्रे र माग्नेहरुले फिलिम बनाका छन रे , फूलपातीका दिन संगै हेर्न जाउँला ,चुनाब कसरि जित्ने भन्ने बिषयमा चाहि म त्यो दिन भनौंला । — -उही तिम्रो दाइ ओली, हाल बालकोट ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…