• तेजन खड्का 
    उर्लाबारी । उर्लाबारीका उर्जाशिल युवाहरुको नीजि लगानीबाट पहिलो पटक अन्तराष्ट्रिय मापदण्ड अनुसारको उर्लाबारी—४ मा  ‘फुटसल’ सन्चालनमा आएको छ ।
    फुटसलको उर्लाबारीका मेयर खड्ग फागोले रिवन काटेर उद्घाटन गर्नुभयो ।



    उद्घाटन पछि मन्तब्य दिदैं मेयर फागोले युवाहरुले सन्चालनमा ल्याएको फुटसलको सफलताको प्रशंसा समेत गर्नुभयो । उहाँले उर्लाबारी नगरपालिकाले उर्लाबरीको समग्र खेलकुद विकासका लागि २५ लाख बिनियोजन गरेको बताउदैं खेलक्षेत्रको विकासका लागि उल्लेख सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले खेल स्वास्थ्यको लागि मात्र नभएर राष्ट्रको गरिमा सँग जोडिएको बताउनुभयो ।
    कार्यक्रममा सन्चार क्लव उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारी,भिजन फाउण्ेसन उर्लाबारीका अध्यक्ष राजु लामाले सफलताको शुभकामना दिनुभयो ।




    उर्लाबारीका युवाहरु शाङ्गेहाङ तुम्बाहाम्फे,निर्मल सिक्देल,राजन वाइवा,पुनम शर्मा,इथाहाङ लिम्बू,निरज बाहेती,महेष कार्की,बिजय बानिया र बिरेन बादे लगायतको संयुक्त लगानीमा उर्लाबारी फुटसल सन्चालनमा ल्याउनुभएको हो ।



    साँढे ७ कठ्ठा जमिनको क्षेत्रमा कम्तिमा ७० लाखको लगानीमा निर्माण भएको उक्त फुटसल खेल मैदान १०५ फुट लामो तथा ६० फुट चौडाई रहेको शाङ्गेहाङ तुम्बाहाम्फेले जानकारी दिनुभयो ।



    बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल सन्चालामा ल्याएको उहाँले बताउनुभयो । उद्घाटनको अवसरमा फुटसल प्रतियोगिता भएको थियो ।

    उर्लाबारी फुटसल उद्घाटन समारोह झलक ।





सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…