• बालुवामा पसिना सिंचेर हरियो सपना उमार्ने केही नेपाली भाषाप्रेमी र साहित्यचेतहरुका अथक प्रयास, परिश्रम, मेहनत र उल्लेखनीय सहयोगलाई एकत्रित पार्दै नेपाली भाषा र साहित्यलाई मनैदेखि मायाँ गर्नेहरुको प्रिय जमातको अथक प्रयासले अरबराष्ट्र,युएईमा स्थापना गरिएको एउटा विशुद्ध साहित्यिक संस्था हो (ूसगरमाथा साहित्य प्रतिष्ठानू ।

    अतस् ूसगरमाथा साहित्य प्रतिष्ठानू केन्द्रीय कमिटिको बैठकले सर्वसम्मत गरेको निर्णय अनुसार यो वर्ष विश्वभर छरिएर रहनु भएका समस्त नेपाली भाषा र साहित्यप्रेमी सर्जकहरुलाई एकै ठाउँमा जोडेर उनै सर्जकहरुमाझ विश्वव्यापी रुपमा अनलाईन गजल प्रतियोगिताको आयोजना गर्ने र सो प्रतियोगिताबाट उत्कृष्ट हुनुहुने गजलकारका गजलहरु र उत्कृष्ट १० गजलहरु संग्रहित हुने गरि एउटा गजल संग्रह समेत प्रकाशित गरिने भएको हुँदा विश्वभर छरिएर रहनु भएका समस्त नेपाली साहित्यप्रति उच्च लगाव राख्नु हुने गजल स्रष्टाहरुले आ(आफ्ना एक गजल रचनालाई तपशील बमोजिमको समय, मिति र ठेगानामा पठाएर हाम्रो अभियानलाई सुसम्पन्न गराउँन सहयोग पुर्‍याईदिनु हुनेछ भन्ने दृढताका साथ हामी र हाम्रो ूसगरमाथा साहित्य प्रतिष्ठानू सविनय अनुरोधका साथ यो सूचना सूचित गर्दछ ।

    अतस् तपाईं सम्पूर्ण साहित्य साधकहरुको अनवरत मायाँ, सद्भाव, स्नेह र ममताका कारण आगामी समयमा पनि अझै सबल, सक्षम र साहित्य साधनारत रहन तपाईँहरु सबैबाट हामीलाई सदैव सघन सहयोग प्राप्त हुने कुरामा हामी अपेक्षाकृत छौं र आगामी दिन एवम् वर्षहरुमा अझै यस्तै प्रतियोगिताहरु मार्फत उपस्थित भई नै रहने विश्वास पनि दिलाउँन चाहन्छौं १

    तपशीलस्

    प्रथम. १०,००० ने रु र प्रमाणपत्र
    द्वितीय . ७,००० ने रु र प्रमाणपत्र
    तृतीय. ५,००० ने रु र प्रमाणपत्र
    सात्वना दुई जना. २,५००नेरु प्रमाणपत्र

    नियमहरु

    १ गजल पठाउनु पर्ने मितिस् २०७५ श्रावण १, २०७५ देखि श्रावण ३०, २०७५ सम्म ।
    २। प्रतियोगीले गजलका साथमा आफ्नो पूरा नाम, ठेगना, सम्पर्क नम्बर र एकप्रति फोटो सहित सगरमाथा साहित्य प्रतिष्ठानको इमेल स् कबजष्तथबउचबतष्कजतजबल२नmबष्।िअयm मा गजल पठाउनु पर्ने छ ।
    ३। नतिजा प्रकाशन मिति स् २४ भाद्र, २०७५, तदानुसार सेप्टेम्बर ९ तारिख, २०१८
    ४। प्रतियोगी गजल विशुद्ध देवनागरी लिपीमा लिपिबद्ध गरिएको ५ शेरहरु मात्रैको गजल हुनु पर्नेछ ।
    ५। गजल पूर्णतस् मौलिक, कुनै पनि माध्यमबाट प्रकाशित र प्रसारित नभएको र कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनु पर्ने छ ।
    ६। प्रतियोगी गजलको कुनै अंश वा पूरा भाग चोरिएको, छापिएको पाइएमा रचना अयोग्य मानिनेछ ।विजयी रचनामा यस प्रकारको विरोध भई आएमा त्यसलाई खारेज गरि उत्कृष्टता क्रमको अर्को गजललाई क्रमगत रुपले विजयी घोषणा गरिने छ।
    ७। गजलका आधारभूत सबै मान्यताहरुको पालना गरिएको गजल मात्रै प्रतियोगिताको लागि योग्य मानिने छ । गजल मुल्यांकनका आधारस्( विचार, शिल्प, शैली, व्याकरण र भाषा रहने छन् । बहर, छ्न्द र लयात्मकता भएका छ्न्दमुक्त सबै प्रकारका गजलहरु प्रतियोगिताका लागि मान्य हुनेछ्न् ।
    ८। मुल्यांकनको लागि गजल विधामा विज्ञ अग्रजहरु सम्मिलित ३ जनाको निर्णायक मण्डल रहने छ । प्रतियोगितामा निर्णायकहरुको निर्णय नै अन्तिम निर्णय मानिने छ । निर्णायकहरुको निर्णय उपर कुनै विवाद गर्न पाईने छैन १
    ९। सगरमाथा साहित्य प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी बाहेक विश्वका जुनसुकै देश वा क्षेत्रमा रहनु भएका इच्छुक नेपाली भाषी गजलकारहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नुहुनेछ ।
    १०। कुनै पनि जातीय आस्था, विश्वास, धर्म, परम्परा, वर्ग, लिङ्ग, समुदाय, क्षेत्र, सामाजिक सद्भाव, राष्ट्र वा राष्ट्रियतामाथि कुठाराघात हुने गरि लेखिएका रचनाहरु स्वतस् खारेज हुनेछन् १
    ११। गजल प्रतियोगिताको नतिजा मोतिराम जन्मजयन्तीको अवसर पारेर २०७५भाद्र २४ गते सार्वजनिक गरिनेछ ।
    १२। निष्पक्षता हाम्रो सर्वोपरी ध्येय भएकाले तखल्लुस प्रयोग भएका गजलहरु प्रतियोगिताको लागि अयोग्य मानिने छ्न् ।

    नोटस् प्रतियोगितामा विजयी गजलहरु सहित उत्कृष्ट १० गजलकारहरुका गजलहरु सगरमाथा साहित्य प्रतिष्ठानद्वारा प्रकाशन हुने संयुक्त गजल संग्रहमा संग्रहित गरिने व्यहोरा समेत अवगत गराउँदछौं १

    आयोजक स्
    सगरमाथा साहित्य प्रतिष्ठान परिवार

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…