• ४ असार २०७५
    भीमराज अधिकारी, पथरी

    यतिवेला नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशैभरी मुल्य वृद्धि भएको भन्दै विभिन्न कार्यक्रमहरु गरिरहेको छ । वर्तमान ओली सरकारले अस्वभाविक रुपमा मुल्य वृद्धि गरेको भन्दै विभिन्न चरणवद्ध आन्दोलन तथा विरोधका कार्यक्रमहरु सार्वजनिक गरिरहेका बेला मोरङको पथरीमा पनि नेविसंघले आइतबार साँझ मसाल जुलुस निकालेको छ ।
    जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । मसाल जुलुस निकाल्न नदिन निर्देशन भएको भन्दै प्रहरीले आगो बालिएको मसाल खोस्ने प्रयास गरेको थियो ।
    पथरी बहुमुखी क्याम्पस अगाडीबाट निकालिएको मसाल जुलुस पथरी बजारका विभिन्न चोक, बजार हुदैँ पूर्व पश्चिम लोकमार्ग स्थीत जनआन्दोलन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले वर्तमान ओली सरकारले सर्वसाधारण जनताको चुलो बल्न नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्रहरीले पनि ओली सरकारको पुच्छर भएर हस्तक्षेप गर्नुको सट्टा जनताको समस्यामा सहयोगी बन्न अनुरोध गरेका छन् । जुलुसका क्रममा विद्यार्थीहरुले ओली सरकार मुर्दावाद, यस्तो सरकार चाहिँदैन लगाएतका नाराहरु लगाएका थिए । तत्काल मुल्यवृद्धि नघटाए विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने विद्यार्थी नेता रोशन पराजुलीले बताउनुभएको छ ।
    यता नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ ।
    पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो ।
    नयाँ भाउ अनुसार गए राती १२ बजेबाट लागु हुने गरी अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर समान ९३ रुपैयाँ भएको छ ।
    भारतीय आयल कर्पोरशनको नयाँ मूल्यसूची अनुसार पेट्रोलियमको भाउ घटाइएको हो । नेपालमा प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरिन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…