• मोरङ, ४ असार । उर्लाबारी–१ का गोविन्द भट्टराई, नरकाजी श्रेष्ठ र ५ नम्बर वडाका ध्रुबचन्द्र पराजुली उमेरले केही बर्ष घटिबढिका भएपनि कारोबार सामुहिक रुपमै गर्दछन् । विभिन्न बैध/अबैध कार्यमा उनीहरु जोडिँदै आएका छन् ।

    सामुदायिक वन, राजनीति र केही संघसंस्थामा भट्टराई अग्रसर भएका छन् भने सहकारीमा पराजुलीले अगुवाई गरेका छन् । झट्ट हेर्दा सामाजिक ब्यक्तिको रुपमा पहिचान बनाएपनि उनीहरुको ब्यवसाय र कारोबार भने सन्देहको घेरामा रहँदै आएको छ ।

    प्रहरी प्रमुखलाई नजाराना चढाएपछि सब ठिकठाक हुन्छ भन्ने मान्यतामा उनीहरु रहेको भुक्तभोगीहरु बताउँछन् । प्रहरीसँगकै ‘कनेक्सन’ का कारण छोटो समयमै यी तीन जनाले आर्थिक हैसित उकासेका छन् ।

    केही बर्ष अघिसम्म सामान्य हैसियतका भट्टराई, श्रेष्ठ र पराजुली रातारात नवधनाढ्यमा देखा परेपछि उनीहरुको कारोबार शंकास्पद मानिएको छ । क्रसर ब्यवसाय, टिपर र ब्याक लोडर (जेसीबी) को सञ्चालनमा भट्टराई, सुनचाँदी ब्यवसाय र शिलबन्दी भएको ओजन पानीको सञ्चालनमा श्रेष्ठ र मावा समृद्धि सहकारीको अध्यक्ष पराजुली भएपनि उनीहरुको कारोबार संयुक्त रुपमा हँुदै आएको छ ।

    आर्थिक चलखेलमा अग्रपंक्तिमा आउन थालेपछि उनीहरुको ब्यवहारमा पनि ठालुपन झल्किने गरेको छ । यद्पि, नरकाजी श्रेष्ठ भने जोकोहीसँग ‘लोलोपोतो’ गाँस्न माहिर छन् । भट्टराईको कडा मिजास, पराजुलीको सन्तुलनकारी भूमिका र श्रेष्ठको चिप्लो घस्ने प्रवृतिको संयोजनले नै उनीहरुले जोकोहीलाई प्रभावमा पार्ने सामथ्र्य राख्छन् ।

    जसका कारण सुरुवाती दिनमा विना कुनै लगानी उनीहरु विभिन्न ब्यवसायमा जोडिन पुगेको जानकारहरु बताउँछन् । यस्तै, आर्थिक हैसियत उकासिएपछि उनीहरुले उर्लाबारीमा आउने प्रहरी प्रमुखलाई प्रभावमा राखिरहन सफल भएका छन् । प्रहरीलाई आवश्यक पर्ने भौतिकलगायतका सहयोग गर्दै आएपछि प्रहरी प्रमुखले उनीहरुकै अनुकुलको कार्यसम्पादन गर्ने गरेको विभिन्न घटना क्रमले पुष्टी गरिसकेको छ ।

    कसलाई मुद्दा लगाउने, कसलाई थुनामुक्त गर्ने हैसियत बनाएका भट्टराई, श्रेष्ठ र पराजुली इलाका प्रहरी कार्यालय उर्लाबारीमा आउने प्रत्येक प्रहरी प्रमुखलाई छुट्टै स्वागत सत्कार गर्ने गर्दछन् । दुई साताअघि देखि उर्लाबारीमा कार्यरत प्रहरी प्रमुख रामप्रसाद तिमल्सिनाको स्वागतमा पनि कुनै कसर बाँकी राखेनन् ।
    तीन बर्षअघिका प्रहरी निरीक्षक श्रीराम भण्डारी, त्यसपछिका राजकुमार राई, चन्द्रबहादुर थापा पालामा पनि उनीहरुले उर्लाबारीमा साम्राज्य कायम राख्न सफल बने ।

    उबेला उनीहरुको कर्तुत सार्वजनिक नभएपनि तिमल्सिना आएलगत्तै भट्टराई, श्रेष्ठ र पराजुलीको कारोबार र ब्यवहार सन्देहका घेरामा परेको छ । यतिहुँदा हुँदै भट्टराईले भने सामाजिक सञ्जालमा समाचार लेख्न पाइन्छ तर कसैको चरित्र हत्या गर्न पाईदैन भन्दै आफ्नो बचाउ गरेका छन् ।

    उनले भनेका छन्, तस्कर, बिबादास्पद , अकुत सम्पति आर्जन गरेको भनी लाञ्छना लगाई मेरो मानहानी नगर्न अनुरोध छ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…