• एजेन्सी। फिफा विश्वकपमा ब्राजिलको प्रशिक्षणको नेतृत्व गरिरहेका कोच टिटे निकै निराश देखिएका छन् । हिजो राती भएको स्विजरल्याण्डविरुद्धको खेलमा ब्राजिलले जित्न नसकेपछि उनी निकै निराश देखिए । विश्वकपको प्रबल दावेदार टिमलाई बराबरीमा रोक्न सकेकोमा स्विजरल्याण्डका कोचले भने आफ्ना खेलाडीमाथि गर्व रहेको बताएका छन् ।

    विश्वकपमा ४० वर्षपछि ब्राजिलको टिमले पहिलो खेल जित्न नसकेको हो । १९७८ को विश्वकपपछि अहिलेसम्म ब्राजिलले सबै सुरुवाती खेल जित्दै आएको थियो । अघिल्लो विश्वकपमा त उसले समूह चरणका तीनवटै खेल जितेको थियो । यद्यपि अहिले भने उसले पहिलो खेल नै जित्न सकेन ।

    खेलपछि कोच टिटेले खेलाडीहरु केही दबाबमा भएको बताएका छन् । ‘जब हामीले गोल गरेका थियौं त्यतिबेला म सन्तुष्ट थिएँ, हामी राम्रो खेलिरहेका थियौं’ टिटेले भने ‘तर त्यसपछि भने उनीहरुले (स्विजरल्याण्ड) आफ्नो खेलको स्तर माथि उठाए, हामीलाई आफ्नो लयमा आउन १० मिनेट लाग्यो ।’ टिटे सबैभन्दा निराश यसकारण देखिए कि ब्राजिलले कैयौं मौका पाउँदा पनि त्यसलाई गोलमा बदल्न असफल रह्यो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…