• मस्को (एजेन्सी)। २०१४ विश्वकप विजेता, यो विश्वकपको डिफेण्डिङ च्याम्यिन जर्मनीले आफ्नो पहिलो खेल नै हारेको छ । अघिल्लो च्याम्पियनले आफ्नो पहिलो खेल नै हारेपछि विभिन्न किसिमका टिप्पणी भएका छन् । यद्यपि विश्वकप इतिहासमा यो पहिलो पटक होइन जहाँ डिफेण्डिङ च्याम्पियनले आफ्नो पहिलो खेल हारेको छ ।

    विश्वकपको पहिलो खेल नै हार्ने जर्मनी छैटौं डिफेण्डिङ च्याम्पियन बनेको छ । डिफेण्डिङ च्याम्पियनको हैसियतमा विश्वकपको मैदानमा ओर्लिएर पहिलो खेल नै हार्ने पहिलो देश इटली हो । इटली १९३८ को च्याम्पियन हो । त्यसपछि १९४२ र १९४६ मा विश्वयुद्धका कारण विश्वकप भएको थिएन । १९३८ पछि १९५० मा मात्र विश्वकप आयोजना गरियो । यो विश्वकपमा इटलीले आफ्नो पहिलो खेल स्वेडेनसँग ३–२ ले हारेको थियो ।

     

    सबैभन्दा धेरै पटक पहिलो खेल हार्ने डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना हो । अर्जेन्टिनाले विश्वकपको उपाधि २ पटक जितेको छ । रोचक त के भने दुवै पटक उपाधि जितेको विश्वकपपछिको अर्को विश्वकपमा अर्जेन्टिनाले पहिलो खेल नै हारेको छ । १९७८ को च्याम्पियन अर्जेन्टिनाले १९८२ मा पहिलो खेल बेल्जियमसँग १–० ले हारेको थियो । यस्तै १९८६ मा च्याम्पियन बनेपछि पनि अर्जेन्टिनाले १९९० को पहिलो खेल क्यामरुनसँग १–० ले हारेको थियो ।

    १९९८ को च्याम्पियन फ्रान्सले पनि २००२ मा आफ्नो पहिलो खेल सेनेगलसँग १–० ले हारेको थियो । पछिल्ला २ विश्वकपका च्याम्पियनले पनि लगत्तैको विश्वकपमा आफ्नो पहिलो खेल नै हारेका छन् । २०१० को च्याम्पियन स्पेनले २०१४ को विश्वकपमा नेदरल्याण्डसँग ५–१ ले हारेको थियो । रोचक त के भने २०१० मा स्पेन त्यही नेदरल्याण्डलाई फाइनलमा हराएर उपाधि विजेता बनेको थियो । अहिलेको विश्वकपमा पनि हिजो डिफेण्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग १–० ले हारेको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…