• उपाधिको मुख्य दाबेदार ब्राजिल पहिलो खेलमै बराबरीमा रोकिएको छ।



    आइतबार राति मस्कोस्थित रोस्तोभ अन डोनमा भएको खेलमा ब्राजिल स्वीट्जरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको हो।



     



    फिलिप्पे कौटिन्होले खेलको २०औं मिनेटमा ब्राजिललार्इ सुरूवाती अग्रता दिलाए पनि उक्त अग्रता जोगाउन सकेन।



     



    दोस्रो हाफको ५०औं मिनेटमा स्वीस खेलाडी स्टिभेन जुबरले हेड मार्फत बराबरी गोल फर्काए पछि ४० वर्षे विश्वकप इतिहासमा पहिलो खेल जित्ने ब्राजिल बराबरीमा रोकियो।






    सर्वाधिक विश्व च्याम्पियन ब्राजिल १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेल नजित्नु नेमारमाथि विपक्षी खेलाडीको दबाब मुख्य रह्यो।



     



    सर्वाधिक महँगा खेलाडीसमेत रहेका नेइमारमाथि विपक्षी खेलाडीले फलका वर्षा नै गरे।



     



    स्वीस डिफेन्डरको मुख्य टार्गेट बनेका नेमारमाथि १९ मध्ये १० चोटी फउल भएको थियो।  यो सन् १९९८ यता विश्वकपको एउटा खेलमा एउटा खेलाडीमाथि भएको सर्बाधिक पटक फलल हो।



     



    यसअघि इंग्ल्याण्डका एलन सेयररमाथि १९९८ मा टुनिसियाका खेलाडीहरुले ११ चोटी फलल गरेका थिए।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…