• देबु बानियाँ झापा ।
    कैलाली । सुदुर पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ७ को आयोजनामा एक दिवसीय ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिबृद्धिका साथै सवारी दुर्घटना न्यूनिकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
    कैलालीको लम्कीस्थित लम्की जेसीजको सभाहलमा भएको उक्त कार्यक्रमको सहजीकरण लम्की जेसीज र लम्की लेडी जेसीजले गरेको थियो ।
    सम्मेलनको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले गरेका थिए ।
    सम्मेलनले आगमी दिनमा यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि विभिन्न भावी योजनाहरु ल्याएको छ । जसमा सवारी नियमलाई उलंगन गर्ने सवारीलाई कडाइ गर्ने, इ रिक्सा, टेम्पोलगायतका साना सवारी साधनबाट बढी दुर्घटना भएको जनगुनासोलाई मध्यनगर गर्दै राजमार्गमा चलाउन बन्देज गर्ने, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुमा अनिवार्य रुपमा त्रिपाल प्रयोग गरिने, बजार क्षेत्रभित्र पार्किङको व्यवस्थापन गर्ने, छाडा श्रपमा छोडिएका चौपायहरुलाई स्थानीय निकायसँग समन्वय गरि व्यवस्थापन गर्नेलगायतका एक दर्जन भन्दा बढ भावी योजनाहरु प्रस्तुत गरिएको लम्की महिला जेसीजकी अध्यक्ष देवकी कार्कीले बताउनु भयो ।
    शरदचन्द्र चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरीका जिल्ला तथा अञ्चल तहका प्रहरी प्रमुख, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र यस क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा ट्राफिक तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको लम्कि जेसीजका अध्यक्ष रामबहादुर बोगटीले बताए । अध्यक्ष बोगटीका अनुसार उद्घाटन समारोहमा अतरिया क्षेत्रमा प्रभावफेरी समेत गरिएको थियो ।















सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…