• काँकरभिट्टा । बाल सञ्जाल मेचीनगरको अध्यक्षमा तारापुञ्ज बोडिङ स्कुलका निशान्त राई चयन भएका छन् ।
    काँकरभिट्टामा भएको मेचीनगरस्तरी बाल सञ्जालहरुको ४ दिने प्रशिक्षणपछि भएको भेलाले राईलाई अध्यक्षमा चयन गरेको हो ।
    सञ्जालको उपाध्यक्षमा बालकल्याण मावि मेचीनगर ५ की गौरी गिरी, सचिवमा इष्ट होराइजन माविकी स्कृति शर्मा, सहसचिवमा मेची जनसाधाराण माविका कृष्चल काफ्ले र कोषाध्यक्षमा सहिद दशरथ माविकी समिक्षा रिजाल चयन भएका छन् ।
    सदस्यहरुमा गोविन्द घिमिरे, जीवन दंगाल, आभाष प्रसाई, हेमराज बराइली, नेजोमा खातुन, चन्द्रकला दर्जी, समिक्षा फुयाँल, पूर्णिका अधिकारी, इशा खड्का बबिता अधिकारी, राजिप भुजेल, पदम ढकाल र रोमन थापा चयन भएका छन् ।
    यसैगरी, सोही भेलाले मेचीनगरका १५ वटै वडामा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । गठन भएका नगर तथा वडा बाल सञ्जाललाई मेचीनगरले खेलकुदका सामाग्री र फस्ट एडका समाग्री वितरण गरेको थियो ।
    मेचीनगर नगरपालिकाले मेचीनगरमा रहेका विद्यालयहरुमा सञ्चालित बाल क्लब र वडा बाल सञ्जालहरुलाई लक्षित गरि ४ दिने अभिमुखीकरण तालिमको आयोजना गरेको थियो । तालिमको सहजीकरण सोमराज ढकाल, गोविन्द न्यौपाने र मणिकुमार राईले गरेका थिए ।
    मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यता तथा बाल सञ्जाल मेचीनगरका अध्यक्ष निशान्त राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगरकी उपमेयर मिना उप्रेती, ४ का वडा अध्यष नविन बराल, बालकल्याण माविकी अध्यक्ष एवम बाल सञ्जाल नगरकी उपाध्यक्ष गौरी गिरी, कोषाध्यक्ष समिक्षा रिजाललगायतले बोलेका थिए ।
    कार्यक्रमको सञ्चालन सञ्जालकी नगर सचिव स्वीकृति शर्माले गरेकी थिइन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…