• प्ले ब्वाई’ म्यागजिन जस्तै छवी बनाएका थिए, त्यसका मालिक ह्यु हेफनरले पनि । उनी विश्वकै त्यस्ता सेलिब्रेटी बृद्ध हुन्, जसको लभ रोमान्सले संचार माध्यामलाई हल्लाइरह्यो ।

    उनले तीन जनासँग बिवाह गरे । ह्युकी तेस्री पत्नी त उनीभन्दा ६० बर्ष कम उमेरकी थिइन् । उनै ह्युले हिजो बुधबार आफ्नो रंगीन देह त्याग गरेका छन् । अर्थात ९१ बर्षको उमेरमा उनको मृत्यु भयो ।

    शब्दभन्दा बढी बोल्ड तस्बीरले चर्चित ‘प्लेब्वाई’ म्यागजिनका संस्थापक ह्यु हेफनरको यो म्यागजिन विश्वमा सर्वाधिक बिक्री हुने म्यागजिन हो । यसको सुरुवात उनले सन् १९५३ मा गरेका थिए । एक समय थियो, जतिबेला यो म्यागजिन एक महिनामा ७० लाख प्रति बिक्री हुन्थ्यो ।

    ह्यु हेफनरको रोचक कथा

    ह्युको लाइफ स्टाइल जहिले पनि चर्चामा रह्यो, उत्तिकै आलोचना पनि । यद्यपी उनी करियरको पूवार्द्धमा एकदमै सरल थिए । उनलाई प्ले ब्वाई म्यागजिन निकाल्ने जुक्ति आयो । त्यसपछि भने उनको रसरंगपूर्ण जीवनको पनि थालनी भयो ।

    -सन् १९५१ मा उनी एक म्यागजिनको कपी राइट समेत गर्थे । त्यसबेला उनको उमेर २५ बर्ष मात्र थियो । एकदिन उक्त म्यागजिनको शिकागोस्थित कार्यलय बन्द भएर न्युर्योक शिफ्ट भयो ।

    -यद्यपी हेफनर न्युर्योक जान चाहदैनथे । उनले आफ्नो कामबाट हात झिके र अर्को बालबालिका सम्बन्धि पत्रिकामा काम गर्न थाले । यहि क्रममा हो, उनले पुरुषका लागि म्यागजिन निकाल्ने सोच बनाएको ।

    -उक्त म्यागजिनका लागि उनले आफ्ना सबैकुरा दाउमा लगाए । तर, उनी निश्चिन्त भने थिएनन् । पहिलो अंक निकालेपछि अर्को अंक कहिले निकाल्ने भन्नेमै उनी ढुक्क थिएनन् । त्यसैले उनले प्लेब्वाई म्यागजिनको पहिलो अंकमा प्रकासित मिति उल्लेख गरेनन् । यद्यपी उनले नसोचेको भइदियो । पहिलो अंकमै यो म्यागजिनले हंगमा मच्यायो ।



    -हेफनरले ३१ डिसेम्बर २०१२ मा तेस्रो बिवाह गरे । त्यसबेला उनको उमेर ८६ बर्षको थियो । उनको पत्नी क्रिस्टल ह्यारिस भने २६ बर्षकी ।

    -यस बिवाहमा कुनै फिल्ममा जस्तो नाटकिय मोड आएको थियो । कथाको सुरुवात २००९ मा भयो, जब हेफनरले आफ्नो ७ बर्ष पुरानो गर्लफ्रेण्ड हालीमैडिसनसँग नाता तोडेर ह्यारिससँग रोमान्स गर्न थाले ।

    -डिसेम्बर २०१० मा उनले ह्यारिससँग इंगेजमेन्ट गरे । बिवाहको मिति १९ जुन २०११ का लागि तय गरिएको थियो । तर, बिवाहको ५ दिनअघि ह्यारिसले उक्त सम्बन्ध तोड्ने घोषणा गरिन् ।

    -त्यतीबेला जुलाई अंकको प्लेब्वाई म्यागजिन बजारमा आइसकेको थियो । त्यसको कभरमा तिनै क्रिस्टल ह्यारिसको फोटो थियो । म्यागजिनमा उनले मिसेस क्रिस्टल हेनिफर लेखेकी थिइन् । तर, पछि उक्त नाममा स्टिकर लगाएर लुकाइयो ।

    –फेरि डिसेम्बर २०१२ मा हेफनर र ह्यारिसको पुर्नमिलन भयो । उनीहरुले ३१ डिसेम्बर २०१२ मा बिवाह गरे ।

    हेफनरको जीवन

    हेफनरको जन्म शिकागोमा ९ अपि्ल १९२६ मा भएको थियो । उनले सुरुवातमा अमेरिकी सेनामा एक लेखकको रुपमा काम गरेका थिए । त्यसपछि उनले मनोविज्ञानमा ग्राजुएसन गरे ।

    सन् १९५३ मा हेफनरले ८ हजार डलर कर्ज लिएर ‘प्लेब्वाई’को पहिलो अंक प्रकासित गरिएको थियो । उनकी आमाले पनि उनको सहयोगका लागि एक हजार डलर दिएकी थिइन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…