• उद्धव बिष्ट चुम्लेङ्गे । उपसचिव, मेचीनगर नगरपालिका झापा ।

    आदर्श माध्यमिक विद्यालय मेचीनगर ८ आयाबारी, झापाले स्वर्ण महोत्सवको उपलक्ष्यमा आफ्नो पचास वर्षे इतिहासको आरोह, अवरोह सहितको विद्यालय गतिविधि समेटिएको स्मारिका गणतन्त्र दिवसको पुनित अवसरमा एक भब्य समारोहको आयोजना गरी विद्यालमै अध्ययनरत साना, साना दुई जना छात्राहरुलाई स्मारिका ढाकिएको रिवन फुकाउन लगाएर विमोचन गराइएको छ । रंगिन कभर सहित विभिन्न कार्यक्रमहरुका रंगिन फोटाहरु राखिएका २४ पेज सहित लिंदा १४० पेजको भौतिकरुपमा आकर्षक ब्द्ध साइज स्मारिका साञ्चै स्र्वर्ण लाग्दछ भने यस भित्र समावेश गरिएका माननीय सांसदहरुले दिनुभएका शुभकामना, विद्यालय परिवारबाट सिर्जित लेख, रचनाहरु, समय, समयमा विद्यालय व्यवस्थापनको जिम्मेवारीमा रहनु भएका पदाधिकारीका नामावली, दानवीर चन्दादाताहरुको विवरण, विद्यालयका ऐतिहासिक लिखित दस्तावेज तथा हाल यस विद्यालयलाई शैक्षिक तिर्थस्थलका रुपमा लिएर जिल्लाभित्र, छिमेकी जिल्ला हुँदै सुदुर पश्चिमका जिल्लाहरुबाट समेत यस विद्यालयको शैक्षिक भ्रमणमा आउनु भएका टोलीका पदाधिकारी महानुभावहरुबाट व्यक्त गरिएका हस्ताक्षर सहितका भावहरुले विद्यालयको सुगन्ध फैलाएको स्पष्ट भएको छ ।

    शुभकामनाका सन्दर्भमा माननीय सुरेन्द्र कुमार कार्की विद्यालयको निम्तोमा विद्यालय हाता भित्र प्रवेश गर्नुपूर्व यस स्तरको माध्यमिक विद्यालय होला भन्ने अनुमान समेत गरेको थिंइन भन्दै लेख्नुहुन्छ ूअध्ययन, अध्यापनसँगै आदर्श माविले बालबालिकाको चरित्र निर्माणका निम्ति स्वस्थ र अनुकुल वातावरण निर्माण गरेको रहेछ । यसले औधी सन्तुष्टि प्रदान गरेको छ ।ू यसै गरी प्रदेश सभा सदस्य माननीय श्रीप्रसाद मैनाली लेख्नुहुन्छ ूआफूले प्रत्यक्ष अवलोकन गरेको छु । नमुनाका रुपमा सञ्चालित एक प्रतिष्ठान हो । राजनीतिकर्मी, प्रशासक, सामाजिक कार्यकर्ता र विभिन्न संघर संस्थामा आवद्ध सरोकारवालाहरुले अध्ययन, अवलोकन र सहयोगी हात बढाउनु पर्ने एक पवित्र धामका रुपमा आफूले महसूस गरेको छु ।ू
    स्रोतव्यक्ति लोकबहादुर दाहाल लेख्नुहुन्छ( ूआधुनिक प्रविधिले युक्त विद्यालय निर्वाण गरी गुणस्तरीय शिक्षा दिन गरेको प्रयास प्रशंसनीय रहेको छ ।ू
    सम्पादक मण्डल आफ्नो सम्पादकीय लेखमा उल्लेख गर्नु हुन्छ ूसत्य र तथ्यको अत्यन्त नजिकको धरातलमा उभिएर संकलित लेख रचनाहरुलाई सकारात्मक खोराकीको रुपमा ग्रहण गर्दै ‘‘‘‘।बाल क्लबलाई थप टेवा पुर्याीउन विभिन्न समयमा गठित वातावरण मैत्री क्लब, नव प्रतिभा साहित्यिक ज्ञान मञ्च, स्टुडेण्ट सेभिङ क्लब, जुनियर रेडक्रस सर्कल आदिले जिम्मेवारी पूर्वक आफ्ना भूमिकाहरु निर्वाह गरेको कारण विद्यालयले सफलताको उचाइ थपिरहेछ । ‘‘‘।आदर्शको आदर्शा र पारदर्शिताको बारेमा चासो र जिज्ञासा बोक्ने जो कोहीका लागि पनि यो अवस्य भोक बर्द्धक चटनी हुने नै छ ।ू प्र। अ। तथा वि। व्य। स। अध्यक्षको कलमबाट लेखमा विद्यालयले अठोटका साथ प्रगतिलाई अगाडि बढाउन थाले पछि स्रोतकेन्द्र, जिल्ला शिक्षा कार्यालय र अन्य संघ संस्थाहरुले सहयोग पुर्यारउन कर लागेको उल्लेख गर्दै वर्तमान भौतिक, शैक्षिक अवस्थाको स्पष्ट चित्रण सहित भविष्यका कार्य योजनाको बुँदा उल्लेख गरिएको छ ।
    विद्यालयका सहायक प्रधानाध्यापक श्री हेमेन्द्र निरौलाले ूविद्यालयको संक्षिप्त परिचयः विगतदेखि वर्तमानसम्मू लेखमा साञ्चै छ्याङ्ग पारेर विद्यालयको परिचय खुलाउनु भएको छ । यस लेखलाई विद्यालयका स्थापनाकालदेखि हालसम्मका अभिलेखबाट निकालिएको नउनी ठानेको छु । लेखमा स्थापना कालदेखि हालसम्मका प्रधानाध्यापकहरुको तिथि, मिति सहितको विवरण, भूतपूर्व शिक्षक, कर्मचारीहरुको विवरण, एस। एल। सी। परीक्षा उत्तीर्ण परीक्षार्थीहरुको पहिलो वर्षको नामावली सहितको विवरण, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभाव संघका पदाधिकारी सबैको कार्यावधि सहितको नामावली विवरण, मनकारी चन्दादाताहरुको रकम सहितको नामावली विवरण अनि प्रति वर्ष एस। एल। सी। र कक्षा ११, १२ परीक्षाको उत्तीर्ण प्रतिशत समावेश गरिएको पाइन्छ ।
    वि।, व्य। स। अध्यक्षको कलमबाट लेखमा हालका अध्यक्ष श्री रेवन्तराज पोखरेल यस विद्यालयमा छोरा पढाउने सन्दर्भमा घरकी सँगी रुपासँग सामुदायिक विद्यालयमा छोरा पढाउने निर्णय भए पछी २०६६ सालतिर विद्यालयको सम्पर्कमा आउनु भएको उल्लेख गरिएको छ । अध्यक्ष युवा हुनुकासाथै छोराको अध्ययन सन्दर्भमा विदयालयमा बाक्लै आइरहन थाले पछि अभिभावकहरुले अध्यक्ष बनाउनु भएको र हाम्रो विद्यालय राम्रो विद्यालय बनाउने सन्दर्भमा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग मिलेर काम गर्दै जाँदा विद्यालय नेपाल भरिकै उत्कृष्ट हुन लागेको, प्रधानाध्यापक राष्ट्रिय स्तरमा सम्मानित र पुरष्कृत हुनुभएको, विद्यालय पवित्रा भेषराज प्रतिष्ठानबाट रु ५१,०००। नगद सहित सम्मानित भएको, यसै प्र।तिष्ठानले यस विद्यालयकी शिक्षक श्री झन कुमारी गिरीलाई उत्कृष्ट शिक्षकका रुपमा रु १०,०००। नगद सहित सम्मानित गरेको उल्लेख छ ।
    ूअवस्था र व्यवस्थाू शीर्षकको लेखमा प्रधानाध्यापक श्री हेमकुमार खड्काले कार्यात्मक अनुसन्धानलाई ब्यबहारिक परिणाममा पुर्यााएर सबै विद्यालयका शिक्षा कर्मीहरुलाई उदाहरण प्रस्तुत गर्नुभएको पाइन्छ । लक्ष्मी गुरुआमाको विद्यार्थी ७ दिनदेखि अनुपस्थित रहेको समस्यालाई महत्व दिएर साथीका माध्यमले उसको घर पत्ता लगाएर गुरुआमा र अध्यक्ष सहित विद्यार्थीको घरमा पुगेर कारण बुझ्दा अभिभावकले आफ्नो छोरा विद्यालयमा गएल रहनु सामान्य ठानेका भएता पनि विद्यालयका जिम्मेवार पदाधिकारी त्यसैका लागि घरमै आउनुलाई अति महत्वपूर्ण ठानेका छन् । सरीता गुरुआमाले श्यामले खाना नखाइ आएको पत्ता लगाएर प्रअलाई भने पछि त्यस समस्याको सामधान हुनु । कमला मेडमले राकेशले पढन मन नगरेको बताए पछि राकेशको भावना बुझेर खेलकुदमा प्रोत्साहित गरेर राष्ट्रिय खेलाडीमा चयन हुन सकेको, विनिताले गीतकै लय गुनगुनाएको सुनेर त्यसमै प्रेरणा दिंदा रु २५,०००। नगद पाएको , एल्बम निकालेको लेखले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई ब्यबहारमै प्रस्फुटित गराएको पाइन्छ ।
    पूर्व शिक्षक परशुराम तिम्सिनाको पुनरागमन कथा अत्याधुनिक कथा लाग्दछ । समाजमा धेरै घट्ने घट्ना तर थोरै मात्र यसरी टुङ्गिने यथार्थता यस कथामा पाइन्छ । हाम्रो समाजले पचाउन नसक्ने विषयवस्तु भए पनि पाश्चात्य मुलुकमा पाइन थालेको यस प्रकारको विषय बालमनोविज्ञानका हिसाबमा आवस्यक र लाभदायि देखिन्छ ।
    भूपू शिक्षक चन्द्रकुमार दाहालको विद्यालय निरीक्षणको नतिजा लेख पुरानो शिक्षण, निरीक्षण पद्धतिलाई चोटिलो ब्यङ्य मानिन्छ । विद्वान थोरोको भनाइ ूपुरानो कोट लगाऊ, नयाँ पुस्तक किनू लाई जोड दिएको छ ।
    अनुशासनको पाटोलाई केलाउँदा लेखमा शिक्षक त्रिलोचन भण्डारी शिक्षक सकारात्मक भएर लाग्न जोड दिनुहुन्छ । आहाः हाम्रो विद्यालय भनेको सुन्ने चाहना राखेर लागौं । यसका लागि विभिन्न वाक्य उल्लेख गर्नु भएको छ । अंग्रेजी शिक्षक इन्द्रप्रसाद उपाध्यायले भाषाका कक्षामा पाइने विभिन्न भिन्नतालाई कसरी समेट्ने सन्दर्भको उपाय उल्लेख गर्नु भएको छ भने शिक्षक विष्णु कुमार श्रेष्ठले स्वअध्ययनको महत्व उल्लेख गर्नुहुँदै खुल्ला विश्व विद्यालयको महत्व यसैमा जोड्नुहुन्छ । फुर्सदको समय पुस्तकमा लगाएर जीवन साकार बनाउन सकिने उल्लेख छ ।
    यस विद्यालयका अर्का बहु प्रतिभावान शिक्षक श्री दुर्गाराज सुवेदी कुटाइ शीर्षकको लेखबाट कुट्नेु शिक्षकलाई पश्चताप गराउँदै बालमैत्री शैक्षिक वातावरणको आवश्यकता उल्लेख गर्नुहुन्छ । यस विद्यालयका खेल शिक्षक श्री देवराज गिरी खेलको महत्व उल्लेख गर्दै विद्यालयका विद्यार्थीहरुले खेलकुदका क्षेत्रबाट विद्यालय मात्र नभएर नेपालकै गौरव बढाएको गर्व गर्नुहुन्छ । हुन पनि यस विद यालयका कक्षा ५ पाँचमा अध्ययन गर्ने भाइ ज्ञान बहादुर बि क र कक्षा ८ आठमा अध्ययन गर्ने भाइ राजेश श्रेष्ठले भारतको गुहाटीमा सम्पन्न दक्षिण एशियाली अन्तराष्ट्रिय कराते प्रतियोगितामा दुई वटा गोल्ड मेडाल र दुई वटा कास्य पदक प्राप्त गर्न सफल भए । सेपाकताक्रो, उसु, कराते र क्रिकेट खेलमा यस विद्यालयका विद्यार्थीहरु राष्ट्रिय स्तरमा छनौंट भइरहेको उल्लेख छ ।
    शिक्षक लम्बोदर पौडेलले ूआदर्श माध्यमिक विद्यालयले अवलम्बन गरेका अभ्यासहरुू शीर्षकको लेखमा अहिलेसम्मका सफल अभ्यासहरु समेटेर बुँदा गत रुपमा ४० वटा बुँदामा उल्लेख गर्नु भएको पाइन्छ । जसको कारण आदर्श साञ्चै आदर्श बन्न गएको हो ।
    यस विद्यालयका शिक्षक खगेन्द्र कुमार सुवेदीको लेखमा विद्यालयका विद्यार्थीहरुले गीत, नृत्य, साहित्य र अन्य विधामा गरेको प्रगति उल्लेख छ । निकिता राजवंशीले काकरभिट्टामा आयोजना भएको गायन प्रतियोगितामा उत्कृष्ट गायन अवार्ड पाएकी छन् । सार्वजनिक विद्यालयमा प्राथमिक शिक्षाः चुनौति र अवसरहरु शीर्षकमा शीक्षक श्री गीता ओझा आफ्नो पैतीस वर्षे अनुभवले थाहा पाएका विषय राख्दै शिक्षण भनेको त्रिपक्षीय तालमेलहो भन्ने बताउनु हुन्छ । शिक्षक, विद्यार्थी र अभिभावकहरुको संयुक्त तालमेलबाट मात्र शिक्षण सफल हुने लेखकको ठहर छ । बाल विकास शिक्षक राधिकादेवी क्षेत्रीले जोशिलो बाल गीत लेख्नु भएको पाइन्छ भने अर्का शिक्षक चम्पा खतिवडाको ूआदर्श तिमीलेू शीर्षक कवितामा आदर्शले सिकाउन, डोर्याडउन, पुर्यातउन धेरै ठाउँ बाँकी छ, फुल्नु छ, फक्रनु छ र महान बन्नु छ भन्ने भाव पाइन्छ ।
    यस विद्यालयकी बालक्लबकी पूर्व ९संस्थापक रु० अध्यक्ष उषा लिम्बूले ूमेरो जीवनको यात्रामा आदर्शको रहस्य ू शीर्षक लेखमा सामाजिक थिचोमिचो र यथार्थतालाई उल्लेख गरेको पाइन्छ । ूमेरो विशेषता उड्नु हो तर पखेटा काट्ने समाजले बारम्बार मलाई घस्रन बाध्य बनायो ।ू जे होस् यस आदर्श माविले मलाई भित्रैबाट सशक्त बनायो, धेरै, धेरैलाई बनायो, बनाउने पक्षमा लागिरहेको उल्लेख छ । ूस्कूल क्याप्टेनको यात्रामा मू भन्ने लेखमा विद्यार्थी भाइ रोसन राई लेख्नुहुन्छ आदर्शले आफुलाई यति धेरै साथीहरुमा क्याप्टेन बन्ने सामर्थ्य प्रदान गर्योन । धन्य आदर्श यस्तै सबैलाई प्रेरणा मिलोस् भाव पोख्नु हुन्छ । कक्षा ९ का छात्रा सरिता नेपाल घमण्डी भ्यागुताको कथा माध्यमबाट कसैलाई पनि घमण्ड नगर्न शिक्षा दिनु हुन्छ । कक्षा ४ की छात्रा छिरिङ शेर्पा, कक्षा ५ का छात्रा एलिना लिम्बूदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु काजल पराजुली कक्षा ९, सुजाता तिवारी कक्षा ६, दीपक बस्नेत कक्षा १०, संगीता रसाइली कक्षा १०, वविता श्रेष्ठ कक्षा १२, अनिल बिष्ट कक्षा ९, आयुषा पोखरेल कक्षा ८, कृष्ण कुमारी मण्डल कक्षा ११, तुलसा शिवाकोटी कक्षा ११, रविना विश्वकर्मा कक्षा ११, का कविता सम सामयिक ब्यङ्य मिसिएका तथा राष्ट्रिय भावनाले ओतप्रोत भएका पाइन्छन् । सन्जोग खनाल कक्षा १० ९ग्रीन० ूदेशको हालतू शीर्षक कवितामा लेख्छन् (
    ू ए नेताहरु हो१ भाषण दिन छाड अब
    गरेर देखाऊ केही बरु
    गर्नु अघि बोल्ने होइन
    गरि सकेर बोल बरु ।ू
    कक्षा ६ का छात्र विवेक चौहान मेरो देश कवितामा राष्ट्रियता यसरी पोख्छन्
    ू पहाड मधेश हिमाल सबै मेरो घरवार
    सबै जात सबै वर्ग मेरो परिवार
    नेपालीको आँसु पुछ देशले मलाई भन्छ
    नेपालीलाई बिर्से भने कसले मलाई गन्छ ।ू
    कक्षा ७ ९ग्रीन० का आदर्श पोखरेल साञ्चै हो त शीर्षक कवितामा यसरी ब्यङ्य पोख्छन्
    ूजँड्याहाले पिए पछि आफ्नै लुगा मुत्छ
    बिरालोलाई माया गर्दा सिरानीमा सुत्छ ।
    कुरौटेले कुरा पाए मित्र काटो पार्छ
    नेतासँग बिन्ति गर्दा भोलि भनि टार्छ । ू
    यस स्मारिकामा बालक्लबका साल बसाली पदाधिकारी नामनामेसी विवरण, विभिन्न समिति, उपसमिति, सल्लाहकार समिति नामावली, पुराना कागजात अभिलेखहरुको छाँयाप्रति तथा शैक्षिक अवलोकन भ्रमणमा जिल्ला भित्र, छिमेकी जिल्लाहुँदै सुदुर पश्चिमसम्मका जिल्लाहरुबाट भएका भ्रमण टोलीले देखेका र लेखेका शब्दावली आफ्नै हस्ताक्षर सहित समावेश गरिनु यस स्मारिकाको ठूलो उपलब्धि मानिन्छ । यतिमै उदाहरणीय र उत्कृष्ट बनिरहेको विद्यालयले स्मारिकाको बाहिरी भागमा भावी लक्ष्यहरु समेत उल्लेख गरेको छ । यी लक्ष्य समेत पूरा हुन सकेमा नेपालका सामुदायिक विद्यालयहरुको नमूना नै हुन सफल हुनेछ यस आदर्श विद्यालय । मेरो पनि शुभ कामना आदर्श परिवारमा । कुइन्टल, कुइन्टल शुभ कामना ।



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…