• उर्लाबारी, १२ असोज
    तीन दर्जन बढी चलचित्र निर्देशन गरिसकेका निर्देशक किशोर सुब्बाको पछिल्लो चलचित्र रेस प्रदर्शनको तयारीमा रहेको छ ।
    एक्सन, कमेडी जनारा समेटिएको मसलेदार चलचित्र रेस आगामी मंसिर १ गतेबाट देशभरका पर्दामा रिलिज गरिने भएको हो । लगत्तै मलेसिया, सिंगापुर, हङ्कङ, अष्ट्रेलिया, युकेमा पनि चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
    विहीबार उर्लाबारीमा पत्रकार भेटघाट गरी निर्देशक सुब्बाले रेस चलचित्रका विविध पक्षबारे जानकारी गराएका छन् ।
    संयुक्त अरव इमिरेट्सको दुवईमा छायाङ्कन गरिएको चलचित्रमा पूर्वका इलाम, झापा, मोरङ, सुनसरीका अलवा काठमाडौंका मनोरम दृश्यलाई समेत क्यामेरामा कैद गरिएको छ । निर्देशक सुब्बाका अनुसार जीवनका सपना सार्थक पार्न मान्छेले गर्ने संघर्षलाई मूख्य विषयबस्तु बनाई चलचित्रको नाम रेस नामाकरण गरिएको हो ।
    चलचित्रमा निता ढुंगाना, पुष्पा लिम्बू, जियान रेग्मी, एजेस सैजु श्रेष्ठ, सुलेमान शंकर इकू, किरण केसी राता मकै, रविन्द्र खड्का, सुवास गजुरेललगायतको अभिनय रहेको छ । माता पाथीभरा फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र निर्माण गर्न ७० लाख रूपैंया खर्च भएको जनाइएको छ ।
    चलचित्रलाई हस्त लिवाङ, विशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिव लिङ्देन, राज लिम्बूले निर्माण गरेको हुन् भने सह निर्मातामा पासाङ ह्याल्मो र रविकुमार गुरूङ रहेका छन् । यस्तै, संगीत आनन्द राई, गायनतर्फ उदीतनारायण झा, अन्जु पन्त, सुजाता उपाध्याय, दीपराज नियोङहाङ्, द्वन्द्व शंकर महर्जन्, छायाङ्कन कुमार बोगटी, नृत्य निर्देशन गोविन्द राईको रहेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…