काठमाडौं। रोमेलु लुकाकुको २ गोलले बेल्जियम पनामा बिरुद्ध ३-० गोलले बिजयी भएको छ। साविक बिजेता बेल्जियमलाई पहिलो हाफमा पनामाले राम्रो टक्कर दिएको थियो।
पहिलो हाफ गोल बिहिन अवस्थामा सकिएको खेलमा बेल्जियमले दोस्रो हाफमा ३ गोल गरेको हो।
खेलको ४७औं मिनेटमा ड्रियस मरटेन्सले गोल गर्दै बेल्जियमलाई १-०को अग्रता दिलाएलका थिए। रोमेलु लुकाकुले ६९औं र ७५औं मिनेटमा गोल गरेका थिए।
पनामाले पहिलो पटक विश्वकप अन्तिम चरणमा भाग लिईरहेको छ भने बेल्जियमको यो १३औं सहभागिता हो।