• ५ असार २०७५
    भीमराज अधिकारी, पथरी

    मोरङको उर्लाबारी २ मा नगरकै पहिलो वडा बालक्लव सञ्जाल गठन गरिएको छ । सुनपकुवा माविको हलमा आज सम्पन्न बालबालिकाहरुको आम भेलाले बिमला तिम्सिनाको अध्यक्षतामा वडा बालक्लव सञ्जालको गठन गरेको हो । नयाँ समितिमा मनिस दाहाल, रेसिन्ता माझी, पूर्णिमा गौतम, जेनिसा खड्का क्रमशः उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष रहेका छन् भने अन्य १० जना सदस्य रहेका छन् ।
    वडामा रहेका ५ वटा विद्यालयहरुबाट ३÷३ जनाको दरले प्रतिनिधित्व गराउदै १५ सदसीय कार्यसमिति चयन गरिएको हो । युवा जागरण नेपालको आयोजनामा बालबालिकाका हक र हितका लागि बाल क्लवको गठन गरिएको हो । यस आर्थिक वर्षमा वडाबाट विनियोजन भएको रकमबाट बालबालिकाको क्षेत्रमा कामहरु सुरु भएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका नगर प्रमुख खड्ग कुमार फागोले नगरको मात्रै नभएर विश्वका लागि अहिलेका बालबालिकालाई सहि मार्गदर्शन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । अहिले देखि नै राम्रो काममा सरिक हुदैँ गएमा पछि हरेक क्षेत्रमा पहुच प¥याउन सक्ने भएका कारण पनि बाल क्लव तथा सञ्जालहरुमा सहभागि हुनुपर्ने मेयर फागोले बताउनुभयो । बालबालिकाका क्षेत्रमा आवश्यक पर्ने रकम विनियोजनमा आफ्नो महत्वपूर्ण भूमिका रहने फागोले बताउनुभयो ।
    विशिष्ट अतिथिका रुपमा रहनुभएकी नगर उप प्रमुख लक्ष्मी देवि भण्डारीले पनि योजना तर्जूमा समितिको संयोजक पनि आफै भएका कारण बालबालिकाका क्षेत्रमा आवश्यक बजेटको विनियोजन गरिने बताउनुभयो । यसैगरी विशिष्ट अतिथि मदन भण्डारी प्रतिष्ठानका सामाजिक शाखा अधिकृत रुद्र तामाङले पनि बालबालिकाले निकै राम्रा राम्रा काम गरेको बताउनुभयो । उर्लाबारी नगरमा भएका बाल क्लवका पदाधिकारीहरुले नै जिल्ला स्तरमा रहेर नेतृत्व गरिरहेको उल्लेख गर्दै उहाले बालक्लवबाट उत्पादन भएका बालबालिकाहरुले भोली देश कै नेतृत्व गर्न सक्ने संकेत गर्नभयो ।
    कार्यक्रम युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव तिलक नेपालीले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…