• काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा जापानले एसियाको इज्जत जोगाएको छ । समूह एच अन्तर्गत भएको खेलमा जापानले कोलम्बियालाई २–१ ले हराउँदै एसियाको इज्जत जोगाएको हो ।

    समूह चरणको पहिलो खेलमा एसियाली मुलुक साउदी अरेविया, अष्ट्रेलिया, दक्षिण कोरिया हार्न पुगे । जापानले भने समूहको आफ्नो पहिलो खेलमा दक्षिण अमेरिकी मुलुक कोलम्बियालाई २–१ ले हरायो ।

    मोर्दोभिया एरिनामा भएको खेलको ३ मिनेटमै रक्षक कार्लोस सान्चेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भयो ।

    त्यसैको फाइदा उठाउँदै जापानका शिन्जि कागावाले सान्चेज बाहिरिएको ३ मिनेट नवित्दै गोल गरिदिए । त्यसपछि आक्रामक भएको कोलम्बियाले पहिलो हाफ अघि ३९औँ मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि ह्वाँ क्विन्टरोले गोल गरेका हुन् ।

    बराबरी गर्नेवित्तिकै कोलम्बिया फेरि आक्रामक भयो । ७३औँ मिनेटमा जापानका युया ओसाकोले गोल गरिदिएपछि कोलम्बियाको उत्साह स्वाट्टै घट्यो । सुरुवातमै एउटा रक्षक गुमाउनु कोलम्बियाका लागि घातक बन्यो । पछि कोलम्बियाका बाँकी दुई खेलाडीले पनि पहेँलो कार्ड पाए ।

    पूरै खेलभरी जापानका जम्मा एक जना खेलाडीले पहेँलो कार्ड पाए । जापान यो जीतसँगै समूहको शीर्ष स्थानमा उक्लिएको छ । यही समूहमा रहेका पोल्याण्ड र सेनेगलबीचको खेल सकिएपछि विश्वकपको पहिलो चरणका खेल सकिने छन् ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…