• दमक / संघीय लिम्बुवान पार्टी सम्बद्ध संघीय लिम्बुवान महिला मञ्चको अध्यक्षमा इन्दिरा मेन्याङवो निर्वाचित भएकी छन् ।
    विराटनगरमा सम्पन्न महिला मञ्चको तेश्रो राष्ट्रिय राष्ट्रिय सम्मेलनबाट नेतृ मेन्याङ्बोको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचित समितिको कार्यकाल पाँच वर्षको रहने छ ।
    सर्वसम्मत निर्वाचित समितिको तीन उपाध्यक्षमा सुनिता केरुङ,सावित्रा लिम्बु, पदममाया लिम्बु, महासचिवमा दिपा लिम्बु चुनिएकी छन् । यस्तै सात उपमहासचिवमा एविश्चा लावुङ,विराट चमेली,रिता मादेन, शुष्मा लिम्बु, आशा लिम्बु,स्वीकृति राई र संगीता थलङ चुनिन् । यसैगरि सचिवालय सदस्यहरुमा शुसिला मादेन राई, डिकीकाजी लेप्चा,विष्णु चेम्जोङ,शान्ता वनेम,रञ्जु मादेन, इन्द्रकुमारी इवा र सावित्रा गुरुङ चुनिएकी मञ्चद्धारा जारी प्रेस वक्तत्वमा उल्लेख छ ।

    निर्वाचित मञ्चको सदस्यहरुमा जयश्री राइए,तारा लिम्बु,सुनमाया आङदेम्बे,विष्णु सावाँ,अरुणा देवी भट्टराई,मनकुमारी याख्खा,दिलु सुव्वा,मनमाया नाल्वो,अरुणा जवेगु रहेकी छन् । त्यस्तै देशिला तुम्बापो,अमृता केरुङ,शान्ति लिम्बु,गिता लिम्बु,विरु लिम्बु,रुपा चोङवाङ र मञ्जु साँवा चुनिएकी जनाईएको छ । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष कुमार लिङदेन मिराकले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…