• झापा ६,असार । एक्सनका नायिकाका भनेर भनेर थोरै नायिकालाई चिन्ने गरिन्छ । तर पछिल्लो समय अनु पराजुली यो समुहमा अनु पराजुली पनी समाबेश हुदै छिन । हालै पुर्वको झापामा सुटिङ भइरहेको क्रिमिनलमा अनु एक्सन लेडीका रुपमा आउन लागेकी छन् । पुर्वका सुन्दर ठाउमा यसको सुटिङ भइरहेको छ । फाइटका दृश्यमा अनुलाई देखिन सकिन्छ ।

    पछिल्ला दिनहरुमा गीत, संगीतको क्षेत्र होस् वा अभिनयको, विगतको तुलनामा आर्थिक रुपले सुधारिंदो छ । जसले गर्दा युवा जमात कलाक्षेत्र प्रति आकर्षित बन्दैछ । नायिका अनु पराजुली पनि यसै क्षेत्रमा केही गरु भन्ने उदेश्यका साथ संघर्षरत छिन् । अहिलेसम्म एकसय पचास भन्दा धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी नायिका अनु पछिल्लो समय चलचित्रमा व्यस्त हुने गरेकी छन् । उनी अभिनित चलचित्र ‘कम्पन’, ‘काउसो’ र ‘काले दाई’ हुन् ।

    हाल चलचित्र ‘क्रिमिनल’ को सुटिङ्गमा ब्यस्त नायिका अनु पराजुली ‘क्रिमिनल’मा डरलाग्दो एक्शन लेडिको भूमिकामा देखिने छ । ‘क्रिमिनल’मा अनुलाई क्रान्ति बराईली, सुरेन्द्र चापागाई, कृति चालिसे लगायतका कलाकारले साथ दिएका छन् । पछिल्लो समय अनुलाई चलचित्र क्षेत्रमा राम्रो सम्भावना बोकेकी नायिकाको रुपमा हेरिन थालिएकोे छ । परिवारको प्रेरणा, हौसला र सहयोगले कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउने पराजुली यसै क्षेत्रमा केही गर्ने सोचका साथ संघर्षरत छिन् । ‘क्रिमिनल’ अर्नभ फिल्मसको ब्यानरमा निर्मित ‘ चलचित्र हो ।

सम्वन्धित समाचार

 अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापान…

 फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि  प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिक…

तेजन खड्का काठमाडौं, फागुन २९ अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्ट…

नायिका रेखा थापाको क्रेजका कारण दर्शक हल फर्किएका छन । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘उपहार&rsqu…