• विराटचौक / मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रका बिद्यालयहरुलाई सामाजिक संस्था “ह्युम्यानिटी ईन अस” ले सरसफाई सम्बन्धित सामाग्रीहरु बितरण गरेको छ । सुन्दरहरंैचा नगरपालिका स्थित उद्योग बाणिज्य संघको सभाहलमा बुधबार सरसफाइ संग सम्बन्धित सामाग्री बितरण तथा अनुशिक्षण नामक कार्यक्रमको आयोजना गरि ती सामाग्रीहरु बितरण गरिएको हो ।

    सुन्दरहरंैचा नगरपालिकाको सहयोगमा सामाजिक संस्था “ह्युनिटीनिटी ईन अस” काठमाण्डांैले नगरक्षेत्रका २४ वटा बिद्यालयहरुलाई सरसफाई सम्बन्धित बिभिन्न सामाग्रीहरु बितरण गर्दै ति बिद्यालयहरुका शिक्षक तथा बिद्यार्थीहरुलाई सरसफाईबारे प्रशिक्षण समेत दिएको छ ।
    इन्सेक नेपालका प्रतिनिधि शेखर ढकालले प्रशिक्षण दिएको उक्त कार्यक्रममा बिद्यालयहरुलाई प्रति बिद्यालय २/२ थान फोहोर फाल्ने कन्टेनर, ५/५ थान झाडुकुचो, साबुन, रुमाल, धुलोदानी, लगायतका सामाग्री बितरण गरिएको “ह्युम्यानिटी ईन अस” का सुन्दरहरैंचा संयोजक दिपा बिष्टले जानकारी दिएकी छन ।
    कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै सुन्दरहरैंचा नगरपालिकाका उप–प्रमुख धनमाया तामाङले नगरलाई नाम जस्तै सुन्दर बनाउन सरसफाईजन्य कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरिन् । आगामी दिनहरुमा अझ प्रभावकारी र बृहत कार्यक्रमहरु सहित सरसफाईको अभियानमा जुट्ने संयोजक बिष्टको भनाई छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…