७ असार २०७५
भीमराज अधिकारी, पथरी
मोरङको उर्लाबारीमा रहेको युवा जागरण नेपालले बाल अधिकार तथा बालक्लव व्यवस्थापन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज वडा नंं. २ मा रहेको शान्ति आधारभूत विद्यालयमा सो अभिमुखिकरण सम्पन्न गरेको युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाले जानकारी दिनुभएको छ । कार्यक्रमको सहजीकरण युवा जागरण नेपालका सदस्य पुजन भण्डारीले गर्नुभएको थियो । युवा जागरण नेपालले यसअघी नगरको आर्थिक सहयोग र वडा नं. २ को समन्वयमा असार ५ गते उर्लाबारीमा नै पहिलो पटक वडा नं. २ मा वडा स्तरीय वडा बालक्लव सञ्जालको गठन गरिएको थियो सोही कार्यसमितिलाई अभिमुखिकरण गरिएको हो ।