धनगढी । अन्तराष्ट्रिय योगा दिवसको अवसर पारेर धनगढी महिला जेसीजले ‘स्वास्थ्यका लागि योग’ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।
धनढगढी महिला जेसीज वर्ष २०१८ की अध्यक्ष दिप्ति शाहीको अध्यक्षता तथा प्रदेश नम्बर ७ कि सांसद दिव्यश्वरी शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । योगको मुख्य प्रशिक्षकको रुपमा प्रिती उप्रेती रहेकी थिइन् ।