•  काठमाडौं -१३ असोज,२०७४

    पूर्वको मेची देखी पश्चिमको महाकालीसम्म फैलिएको राष्ट्रवादी हौवाको जति नै चर्चा परिचर्चा गरे पनि न त मजदुर थाक्छ,न त श्रमिकहरु थाक्छन,न त लेखक थाक्छ न त श्रमजिवी आम जनता नै……!! कालो बजारीदेखी ,हत्याकान्ड,तस् करी देखी गुन्डागर्दी सम्म पनि अछुतो नरहेको राष्ट्रवाद आजभोली कृत्यकागज तिर पनि उतिकै अभ्यस्त रहेको खबर गाउँ र वस्ती बाट मात्रै आइरहेको छैन,पहिले नै राष्ट्रवादको प्रधानमन्त्रीले बालुवाटार छाड्ने बेलामा नै आएको थियो।

    यसले गरेका events र adventure हरु खोज गर्दा त्यस्ता नकरात्मक सत्यहरु राष्ट्रवादका कर्तुतहरुले पहिले नै पस्किसकेको छ,झुट्को डिगाम्बर पहाडले सत्यका उज्याला आशाहरुलाइ थिच्ने अकाट्य प्रयास त गर्दैछ र त हरफहरु भर्त्सना गर्न लायक मसलाका पोकाहरु बोकेर पक्तिपक्तिमा जुरमुराउने गर्दछन। अध्यक्ष कमरेड माओत्सेतुङको जन्मदिन पारेर गठन गरिएको नेकपा माले हालको एमाले राष्ट्रवादले उहि माओवादी युद्द,आन्दोलन,उपलब्धी र उज्यालोको विरोध गरि संघीयता,धर्मनिरपेक्ष जस्ता महान उपलब्धीहरुलाइ नै घेराबन्दी मात्रै गरेन उसले नंया नेपालको संविधान संशोधनमा समेत भांजो हालेर राष्ट्रवादको हास्यास्पद नक्कली परिचय पस्किदै नेपाली राजनितीक बजारमा झुट्को खेती गर्दै आश्चर्यजनक राष्ट्रवादको हौवा मच्चाइरहेको कुरा सर्वविदितै छ भने यसले माओको जन्मदिनमा घोषणा गरिएको नेकपा एमाले पार्टीलाइ समेत स्वयम् गिज्याइरहेको छ भने अरु देशभक्तहरुको मानसम्मान कसरी गर्ला,?

    त्यो त आउदो भविस्यले अवश्यमेव उजागर गर्ने नै छ।ग्रामीण वस्तीहरुमा गाविसको कृत्य कागजसम्म उसै राष्ट्रवादका कर्मचारी र भर्र्याङ्का संलग्नताका कर्तुतहरु देखि चरी सफायासम्मका नयाँ पुराना इतिहास तर्फ दिमाग लगाउदा यसका अभियुक्तहरुको बथानले राष्ट्रवादलाइ ज्वरो आइसकेर टाइफाइड भैसकेको बोध गराइरहेका छन,जुन प्रष्ट देख्न सकिन्छ।त्रीशुलीको दाशढुङ्गा देखी पश्चिमको महाकाली सम्म पुग्दा राष्ट्रघाती दृश्यहरु झलझल्ती एक पछि अर्को देखा पर्दछन,किन हो अप्रिय राष्ट्रवाद? ?? बडा दत्तचित्त भइ गम्भीरतापूर्वक प्रश्नहरु तेर्स्याउने आदत बसेको छ।

    फेसबुक सामाजिक संजालमा सबैभन्दा बढी भाइरल भएका एमालेका पूर्व कृषिमन्त्रीले एकजना बयोबृद्द आमालाइ मुलपानीमा रोपाइमा गरेको अभद्र व्यव्हार र अपमान देखी दलिय शोषण सम्मका मनोमानी राष्ट्रवादका रङ्गिन कथा र समाचारहरुले कथित राष्ट्रवादको चरित्रमा नै घृणित दाग लागिसकेको कुरा सचेत जनतालाइ अवगत भएकै कुरा हो। बजारभरी सर्वत्र भाइरल भएको ३३ किलो सुनले पनि के सन्देश पस्किन्छ भने जति पनि गुन्डागर्दी,तस्करीको गुंड्ले भरिएको छ नक्कली राष्ट्रवाद,कहिल ेसम्म हो यस्ता राष्ट्रवादले सम्पादित प्रोफाइल तयार गर्ने ?त्यही दलभित्र रहेका सच्चा नेता लालबाबु,गोकर्ण विष्टहरुको मात्रै अपमान गरेको छैन यो नक्कले रबैयाले पुरै नेपाल र नेपालीको खिल्ली उडाएको छ।आखीर कहिले सम्म हो यस्तो -अप्रिय अतिवाद???

    विकृति र विसङ्गतीले पोख्त तिम्रो चरित्र धोउ,कुलमान घिसिङहरुलाइ बाच्न देउ! यस्तै राष्ट्रवादले अप्रिय स्वासप्रश्वास गरिरहदा आजको नेपालको अभियानकर्ताहरुक ो विडम्बना पनि जोड्नु सान्दर्भिक होला कि? क्रान्तिकालिन गीत र मर्महरु आज थला परेका छन।अनि पृथक पार्टी खोलेर नेतृत्वहरु छुट्टिएका छन।नयाँ शक्तिको निर्माण मा अर्को भाइ लागिरहेको छ ;( ।सिहदरवारको भाषण सुन्दै मोदि हासिरहेको छ ।

    नेपालीको घरमा पत्यौल धुवा उडिरहेको छ।मन्त्रीहरु तेल र ग्यासको शिर्षक बोकेर कुन्नी कति महीना को सहमति गर्न चिन जादैछन।कमल सरकार भर्खरै भारत पछि यूरोप घुमेर स्वदेशमै छन।नेपालको महाबिपतदेखी लिपु लेक सम्म जलाउदै आएको मोदि अन्ततः नेपालीको चुल्हो निभाउन आइपुग्यो। नेपालका बहुसख्यक नेपालीहरु शोसित छन् , पिडित छन् | लाखौ नेपाली विदेश पलायन हुन बाध्य भएका छन् |

    नेपालमा मुठ्ठी भरले शासन गर्दै मोज गरिरहेका छन्, तिनिहरु आदर्श र झुट को पखेटा फेर्दै कहिले ति काङ्रेेस हुन्छन ,कहिले कम्युनिष्ट ,पहिले ति पन्चे,मन्डले पनि भएका थिए ।अहिले विदेशी दलाल भएर सत्ताको कुर्सीमा टिकिरहेका छन् ।राष्ट्रघात , जनघात तिनीहरुको नीति हो ।अब यहाँ न काङ्रेेस छ, न कम्युनिष्ट , न जातीय मुक्ति योध्दाहरु । मात्रै छ रुप फेरिरहने जनघाती अनुहारको हालिमुहाली !!

    अनि इतिहासले बिर्सिदै ति महान शहिदको अमर वलिदानी अब पनि नसम्झे हामी अतिवादको शिकार हुनेछौं। धन्यवाद ।

    मेलम्ची नगरपालिका १; भोटेचौर(सिन्धुपाल्चोक )



    हाल :काठमाडौं    लक्ष्मण चौलागाईं “विद्रोही”
    लक्ष्मण चौलागाईं

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …