काठमाडौं ( खेलको ३४ औं मिनेटमा फ्रान्सका केलिएन एमबाप्पेले गरेको गोलसँगै दोस्रो चरणबाट पेरु खेलबाटै बाहिरेको छ । निर्धारित समयभित्र एक सुन्यको गोलसँगै पेरुको अघिको यात्रामा पूर्ण विराम लागेको हो ।
समुह सी अन्तर्गतको खेलमा यी दुई टोलीबीच इकाटेरिनवर्ग रङ्गशालामा खेल भएको थियो । एमबाप्पे फ्रान्सका तर्फबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडी समेत बनेका छन्। एमबाप्पे १९ वर्ष १ सय ८३ दिनका भएका छन्। अबको केही समयमा अज्र्रेटिना र क्रोसियाबिच खेल हुनेछ ।
यसअघि भएका खेलमा फ्रान्सले अष्ट्रेलियालाई हराएका कारण आजको खेलमा जित हात पारे फ्रान्स नकआउट चरण प्रवेस गर्नेछ भने पेरु आज पराजित भए समुह चरणबाटै वाहिरिनेछ।