• रामेछाप — अन्धविश्वासको भूमरीमा पर्दा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिएको छ । डामिएको घाउ निको पार्न उनी स्वास्थ्य चौकीको सहारामा पुगेपछि घटना सार्वजनिक भएको हो ।

    दर्जीलाइ पेटसम्बन्धी रोग थियो । उनी धामी लगाउन चाहन्थिन । छिमेकी जिल्ला ओखलढुंगा लिखु गाउँपालिकाका रवीन्द्र नेवारले राम्रो धामी बस्ने भन्दै स्थानीयले सुझाव दिए । उसैलाई बोलाएर देखाउने सहमति भयो ।

    नेवार बोलाएपछि स्थानीय केही युवा पनि दर्जीको घरमा पुगे । उनीहरुले दर्जीलाई बोक्सी लागेको भन्दै बोक्सी भगाउन सिस्नु पानी लगाउनुका साथै फलामको पन्यू तताएर गाला डाम्नु पर्ने सुझाव दिए ।

    धामी बसेका नेवारले सिस्नु पानी लगाउँदै दर्जीलाई कुट्न थाले । फलामको पन्यु तताउन लगाएरबेस्सरी गालामा डामे । त्यसको पीडा खप्न नसकेर दर्जी बेहोस भइन् धामी नेवार भागे । यो घटना जेठ २४ गतेको हो ।

    केही घण्टामा होसमा आए पनि अब बोक्सी भाग्ने भन्दै पीडा सहेर बसेकी दर्जीलाई दुवै रोगले च्याप्यो । ‘मलाई एकातिर पेट दुख्ने त छँदैथियो, गाला डामेको पीडा थपियो’ दर्जीले भनिन्, ‘जेठ २४ गते भएको घटनाको पीडा खप्न नसकेर असार ४ गते स्वास्थ्य चौकीमा पुगेँ, त्यहाँ स्वास्थ्यकर्मीले सोधखोज गरेपछि बल्ल म अन्यायमा परेको कुरा सार्वजनिक भयो ।’

    स्वास्थ्यकर्मीले बोक्सी नभएको र पन्यूले गालामा डाम्नेलाई कानुनी कारबाही हुने बताएर दर्जीलाई इलाका प्रहरी कार्यालय धोवीमा पठाइदिए । धोवी इलाकाले ५ गते जिल्ला प्रहरी कार्यालय मन्थलीमा पठायो । मन्थली पुगेपछि दर्जीले तातो पन्यूले डाम्ने र त्यस कार्यमा सहयोग गर्नेको नाममा किटानी जाहेरी दिइन् । उनको जाहेरीका अधारमा प्रहरीले धामीलाई सघाउने ३ जनालाई पक्राउ गर्‍यो । आफूलाई धामी भन्ने नेवार फरार छन् ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ बस्ने राजन पौडेल, दीपक ढटेल र अश्विन रोका छन् । उनीहरुलाई जिल्ला अदालतबाट बोक्सी ऐन बमोजिम १० दिनको म्याद थप गराइ अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । फरार रहेका नेवारको खोजी भइरहेको प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए ।

    बोक्सी ऐन २०७२ अनुसार पीडा दिने पिडकलाई ३ वर्षदेखि ७ वर्षसम्म जेल सजाय हुने र पीडितलाई क्षतिपूर्ति समेत भराउनु पर्छ । कान्तिपुरबाट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…