काठमाडौं । रसियामा जारी विश्वकप २०१८ समूह ‘डि’ को अन्तिम खेलमा अर्जेन्टिनाविरुद्व क्रोसियाले ३ ० को गोल अन्तर हराएको छ । विश्वकपको दावेदार मानिएको अर्जेटिनालाई क्रोसियाले लज्जास्पद रुमा हराएको छ ।
क्रोयसियाका खेलाडी एन्टी रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका हुन् भने फेरि दोस्रो हाफमा अर्को २ गोल थपिएसंगै अर्जेन्टिनालाई हराएको छ ।
यसअघि खेलको पहिलो हाफमा अर्जेन्टिना र क्रोयसियाबीच गोलरहित बराबरी भएको थियो ।
यता आफ्नो पहिलो खेलमा पनि अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरी खेलेको थियो भने क्रोयसियाले नाइजेरियालाई पराजित गरेको छ ।
अघिल्लो चरण प्रवेशका लागि यो खेल जित्नै पर्ने दवावमा अर्जेन्टिना रहेको थियो ।