• उर्लाबारी, ८ असार । मोरङको उर्लाबारी – ५ स्थित एरोमा होटलमा आज बिहान विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् ।
    बिहान ३ बजे बिवाद हुँदा उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहेका अन्दाजी ४० वर्षिय तरुण दल मोरङ सचिव  सचिन शाक्यले तरकारी काट्ने चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बिशाल तामाङ घाईते भएका हुन् ।

    चक्कु ढाडमा प्रहार भएको थियो । घाईते तामाङको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भईरहेको छ । दुई जनाबीच के विषयमा बिवाद भएको भन्ने खुल्न सकेको छैन ।



     

     

                                         घाईते भएका विशाल

    चक्कु प्रहार गर्ने शाक्य फरार रहेका छन् । उनको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । घाईते तामाङ मोरङ – ११ बाट फुटवल खेल्ने गर्दछन् । चक्कु प्रहार गर्ने शाक्य तरुण दल मोरङको सचिव र उर्लाबारी जेसिजको अध्यक्ष समेत रहेका छन् । शाक्य सङ टेलिफोन सम्पर्क गरि यस बिसयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…