• मेचीनगर । बालकल्याण बाल क्लब मेचीनगर ५ ले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि हाजिरीजबाफ प्रतियोगितामा धुलावारी मावि प्रथम भएको छ । बालकल्याण माविमा भएको प्रतियोगितामा बलभद्र जनता मावि मेचीनगर १२ दोस्रो र शहिद दशरथ मावि मेचीनगर १३ तेस्रो भएका छन् । क्लबको वार्षिक कार्यक्रम अनुसार अतिरिक्त क्रियाकलाप अन्तरगत भएको प्रतियोगितामा मेचीनगरका ११ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिमा विजेता विद्यार्थीहरुलाई कपी, कल, डाइरी, सामान्य ज्ञान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
    बाल क्लबकी अध्यक्ष गौरी गिरीको सभापतित्व तथा वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्का, विद्यालय व्यवस्थपन समितिका अध्यक्ष दिलिप सुब्बा, प्रधानाध्यापक नारायण न्यौपाने, सहायक प्रधानाध्यापक मञ्जु दाहाल, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल, मेचीनगर ५ का वडा सदस्य मेगराज गेलाललगयातले बोलेका थिए ।
    क्लबकी सदस्य सपना विकले प्रकाश पारेको कार्यक्रमको स्वागत उपाध्यक्ष गंगा श्रेष्ठ र सञ्चालन सचिव सलिना भुजेलले गरेकी थिइन् ।
    यसैगरी सोही अवसरमा वडा कार्यालयले निर्माण गरेको फुटबलको गोलपोष्टको समेत उद्घाटन गरिएको छ । १ लाख ५० हजारमा निर्माण गरेको उक्त पोष्टको वडा अध्यक्ष योगेन थापाले गरेका थिए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…