• काठमाडौं, ८ असार । विश्वकप २०१८ अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा ब्राजील र कोस्टा रिका खेल्दैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा शुरु हुने समुह ‘इ’ को यो खेल रसियाको सेन्ट पिटर्सबुर्ग शहरमा हुँदैछ ।

    सन् २०१४ को विश्वकपमा ग्रुप अफ डेथमा परेर पनि इटाली र इंग्ल्याण्डको चुनौति पाखा लगाउँदै अघि बढि क्वार्टरफाइनल सम्मको यात्रा गरेको कोस्टा रिकाले यो विश्वकपमा पहिलो खेलमा सर्बियासँग हार बेहोरे पनि नकआउट चरणमा पुग्ने सम्भावनालाई जिवित राख्न आजको खेलमा विशेष प्रदर्शन गर्ने विश्वास गर्न सकिन्छ ।

    विशेष गरी ठुला टोलीसँग खेल्दा फरक मानसिकतामा मैदान उत्रने कोस्टा रिकाका खेलाडिहरुको पछिल्लो तथ्यांकले पनि यो टोलीलाई आजको खेलमा उत्साहित पारेको हुनुपर्छ ।

    अर्कोतर्फ आफ्नै गृह मैदानमा जर्मनीसँग लज्जास्पद हार बेहोरेको ब्राजीलले यो विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँगको खेलमा बराबरभइ अंक बाड्न बाध्य भएको छ । उक्त नतिजाले पनि ब्राजीललाई यो खेलमा अतिरिक्त तनाव छ । समुह चरणमा केहि गल्ती माफ हुने भएपनि ब्राजीललाई अबको खेलमा गल्ती गर्ने सुविधा छैन ।

    स्वीट्जरल्याण्डसँगको खेलमा घाइते भएका नेमारले बुधबारदेखि ट्रेनिङ गर्न थालेको खबरले उत्साहित भएको ब्राजीलले पहिलो खेलको तुलनामा यो खेलमा धेरै नै राम्रो प्रदर्शन गर्नु पर्ने आवश्यकता छ । कुनै पनि बेला सरप्राइज दिन सक्ने कोस्टा रिका ब्राजीलको कठिन प्रतिद्वन्दी हो ।

    आजको खेल जित्ने टोलीको नकआउट पुग्ने सम्भावना कायम रहन्छ भने कोस्टा रिकाले हारेमा समुह चरणबाटै बाहिरिन्छ भने बराबर भएको खण्डमा समुहका सबै टोलीको सम्भावना समान रहन्छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…