• रतुवामाई/रतुवामाई १० मा अबस्थित महेन्द्र माबि देबिस्थानले आज एक कार्यक्रमका बिच निवर्तमान प्रधानाध्यापक र कर्मचारीलाई बिदाई गरेको छ । प्रधानाध्यापक ज्ञानेन्द्र भट्टराई र कर्मचारी गोबिन्द आचार्य लाई शिक्षक र बिघार्थीहरुले अबिर जात्रा सहित मायाँको चिनो प्रदान गरेर बिदाई गरेका हुन ।

    बिदाई मन्तब्य राख्दै भट्टराईले प्रधानाध्यापकको कार्यभार बर्तमान उप प्रधानाध्यापक चिरञ्जीबी निरौलालाई हस्तानतरण गर्नुभयो । उहाले आफ्नो कार्यकालमा कुनै गल्ती भएकोभए क्षमा गरिदिन शिक्षक, कर्मचारी र बिघार्थीहरुलाई आग्रह गर्नुभयो । भट्टराईले सो बिघालयमा १२ बर्ष शिक्षकका रुपमा र २१ बर्ष प्रधानाध्यापकको जिम्मेबारी बहन गर्नुभएको हो । भट्टराईले स्बईच्छाले शैक्षिक अवकास लिनुभएको हो ।

    मन्तब्यकै क्रममा शिक्षक देबेन्द्र राई ले प्रधानाध्यापक भट्टराइले बिघालय को भौतिक ,शैक्षिक तथा आर्थिक बिकासमा ठुलो योग्दान पुर्याउनुभएको चर्चा गर्नुभयो ।

    बिघार्थीहरुले गित गएर,नुत्य प्रदर्शन गरेर र बाँसुरी बजाएर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको बिघालयले जनाएको छ ।
    कार्यक्रम लक्ष्मी न्यौपाने को प्रमुख आतिथ्यता,बिघालय ब्यवस्थापन समिति अध्यक्ष केदार नेपाली को सभापतित्ब र शिक्षम महेन्द्र खुलालको उद्घोषणमा समापन भएको हो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…