• काठमाडौं असार ८। नेइमार र कौटिन्होले गोल गरेपछि कोष्टारिकालाई हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा पुगेको छ। अधिकांश समय बल नियन्त्रणमा लिए पनि ब्राजिलले गोल गर्न अन्तिमको इन्जुरी समयसम्म कुर्नुपर्‍यो।

    खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिप काउटिन्होले गोल गरेका थिए। त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई २-० को स्पष्ट जित दिलाए।

    निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिए पनि इन्जुरी समयमा दुबै गोल समूह ई बाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यो जितले ब्राजिललाई दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

    यसअघि नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थियो। खेलको ७९ औँ मिनेटमा नेमारलाई कोस्टारिकाको डि बक्समा लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए।

    पेनाल्टी हान्न नेइमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिने निर्णयलाई उल्टाइएको थियो।

    यसअघि खेलको २६ औं मिनेटमा नेइमारको पासमा ग्याब्रियल जिससले गरेको गोललाई रेफ्रीले अफ साइड दिएका थिए।

    सर्बियाविरुद्धको खेलमा हारे पनि कोस्टारिकाले ब्राजिलसँग बहादुरीपूर्ण खेल खेल्यो। कोष्टारिकाको बलियो रक्षापंती तोड्न ब्राजिललाई हम्मे हम्मे परेको थियो।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…