• काठमाडौं ।  रुसमा जारी फुटबल विश्वकपको शुक्रबार भएको अन्तिम खेलमा सर्बियाविरुद्ध स्वीजरल्यान्ड विजयी भएको छ ।
    समूह ई मा रहेको सर्बियालाई स्वीजरल्यान्डले १ का विरुद्ध २ गोलले पराजित गरेको हो। खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिएका छन । तर त्यसलाई बराबरी गर्न स्वीजरल्यान्डलाई ५२ औँ मिनेटसम्म कुर्नुपरेको थियो। स्वीजरल्यान्डका ग्रनित छक्काले गोल गरेर खेलमा बराबरी ल्याएका थिए ।
    जसलाई हसर्न सकिरीले ९० मिनेटमा गोल गरेर स्वीजरल्यानडको अग्रता कायम गरे। त्यसपछि कुनैपनि टिमको गोल हुन सकेन र खेल सर्बियालाई जित्यो ।
    यसैबिच विश्वकप २०१८ समूह डी को शुक्रबारको खेलमा नाइजेरियाले आइसल्यान्डलाई पराजित गरेको छ । नाइजेरियाका अहमेद मुसा चम्किँदा विश्वकपमा पहिलोपटक सहभागिता जनाएको आइसल्यान्ड २(० ले पराजित भयो ।
    आइसल्यान्डले विश्वकप डेब्यू खेलमा नै अर्जे्न्टिनासँग बराबरी खेलेर तहल्का मच्चाएको थियो तर, आज भने नाइजेरियासँग उसको जादू देखिएन । खासगरी डिफेन्समा ध्यान दिने आइसल्यान्डले नाइजेरियाका मुसालाई रोक्न सकेन। नाइजेरियाका लागि अहमेद मुसाले ४९ र ७५औँ मिनेटमा गोल गरेका थिए ।
    उनी खेलका म्यान अफ द म्याच समेत बनेका छन् । यता आइसल्यान्डले भने पेनाल्टीलाई पनि गोलमा परिणत गर्न सकेन। नाइजेरियाको जीतसँगै अर्जे्न्टिनाको विश्वकप क्वाटरफाइनलको आशा जीवित रहेको छ। एक बराबरी र एक खेलमा पराजित भएको अर्जे्न्टिनाका लागि आजको खेलमा नाइजेरियाले आइसल्यान्डलाई पराजित गर्नैपर्ने हुन्थ्यो। जुन उसको पनि पक्षमा नतीजा आएको छ ।
    अब अर्जे्न्टिनाले नाइजेरियालाई पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गर्नुपर्ने हुन्छ । उक्त खेलमा नाइजेरिया विजयी भयो भने अर्जे्न्टिना समूह चरणबाटै घर फर्किनुपर्ने हुन्छ ।
    शुक्रबारको पहिलो खेलमा ब्राजिलले रुसमा जारी विश्वकपको दोस्रो खेलमा विजय हासिल गरेको छ । ब्राजिलले इन्जुरी समयमा कोस्टारिकालाई २(० ले पराजित गरेको हो । कोस्टारिकाको डिफेन्सले ब्राजिललाई निर्धारित ९० मिनेट रोकेपनि न्यसपछिको ६ मिनेट रोक्न सकेन र लगातार दोस्रो पराजय बेर्होयो ।
    ब्राजिलका लागि इन्जुरी समयको पहिलो मिनेटमा फिलिप कोउटिन्हो र अन्तिम मिनेटमा नेइमारले गोल गरेका थिए । खेलको निर्धा्रित समयमा कोस्टारिकाको डिफेन्सले ब्राजिललाई गोल गर्न दिएन। ब्राजिलका केही राम्रा सट भने गोलमा परिणत हुन सकेनन् । कोस्टारिकाले भने आक्रमण गर्न सकेन ।
    उसले पूरै अवधि रक्षापंतीमा नै लगाएको थियो। कोस्टारिकाका गोलरक्षक केलर नाभासले ब्रजिलका केही राम्रा अवसरलाई गोलमा परिणत हुन दिएनन्। तर, काउटिन्होलाई र नेइमारलाई भने रोक्न सकेनन् । खेलको म्यान अफ द म्याच कोउटिन्हो बने। समूह ई को ब्राजिल पहिलो खेलमा स्वीजरल्यान्डसँग बराबरीमा रोकिएको थियो भने कोस्टारिका सर्बियासँग पराजित भएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…