• काठमाडौं,९ असार ।  रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबार (आज) ३ खेलहरू हुँदैछन्।

    समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी मा रहेका बेल्जियम र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल स्पार्टक रंगशाला मस्कोमा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ।

    समुह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्दा ट्युनिसिया भने इङल्याण्डसँग २–१ ले पराजित भएको थियो।

    आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समूह एफका दक्षिण कोरिया र मेक्सिको भिड्नेछन्। सो खेल रोस्टोभ एरिना सामरा रंगशालामा हुनेछ।

    दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १–० ले पराजित भएको थियो भने मेक्सिकोले जर्मनीलाई १–० ले पराजित गरेको थियो। अघिल्लो चरणको यात्रा तय गर्न दक्षिण कोरियालाई यो खेल जित्नैपर्ने दबाब छ।

    त्यस्तै फिस्ट ओलम्पिक रंगशाला सोचीमा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा समुह एफ का जर्मनी र स्विडेन आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न साविक विजेता जर्मनीलाई यो खेल जित्नैपर्ने दबाब छ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…