• देबु बानियाँ झापा । बटवल । तिलोत्तमा जेसीजले तिलोत्तमाको मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रममा आश्रित बालबालिकाहरुलाई बिद्यालय पोशाक, स्टेशनरी र खाद्यान्न सहयोग गरेको छ । जेसीजको आस्था मानतवताको सेवा नै जीवनको सर्वात्तम उपलब्धी भन्ने नारालाई आत्मासाथ गर्दै तिलोत्तमाले उक्त आश्रममा सामाग्री वितरण गरेको हो ।
    शनिवार आश्रममा आयोजित एक कार्यक्रमकाबचि जेसीजले सिलाई खर्च समेत १२ जोर बिद्यालय पोशाक, कापि कलम क्याल्कुलेटर,खाद्यान्न र एउटा पंखा गरी २६ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो ।
    कार्यक्रममा बोल्दै वडा नम्वर ४ का अध्यक्ष दिवाकर ढकालले तिलोत्तमा जेसीजले सामाजिक विकास र युवा नेतृत्व बिकासका सम्वन्धमा उत्कृष्ट कार्य गरेको बताउनु भयो ।
    आश्रमकी अध्यक्ष मैनादेबि भण्डारीले जेसीज जस्ता संस्थाहरुले पटक पटक गर्ने सहयोगले संस्था चलेको बताउनु भयो । अध्यक्ष ढकालले जेसीजले सामाजिक क्षेत्रमा गरेको अतुलन्य योगदानले सिंगो नगरपालिकालाई ठूलो सहयोग पुगेको भन्दै आगामी दिनमा जेसीजसँग सहकार्य गरेर जाने र हरेक समयमा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
    जेसिजका अध्यक्ष इश्वर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष बिनोद ढकाल, पूर्व अध्यक्ष जीवन गौतम, कानुनी सल्लाहकार प्रकाश भट्टराई, कार्यक्रम संयोजक बालकृष्ण भण्डारी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव विदर पौडेलले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…