• बाहुनडाँगी । दलित उत्थान समन्वय समिति मेचीनगर ४ को ५ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम शनिवार सम्पन्न भएको छ ।
    मेचीनगर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा भएको उक्त तालिममा ४० जनाको सहभागिता रहेको थियो । तालिमको मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षक कविता शर्मा रहनु भनएको थियो ।
    समन्वय समितिका अध्यक्ष जीवन मोतेको सभापतित्व तथा वडा अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाहुनडाँगी युवा क्लबका अध्यक्ष पोषक दर्जी, सरस्वती माविका शिक्षक विक्रम थापा, वडा सदस्य प्रल्लाहद दाहाल, विनाद रञ्जितकारलगायतले बोलेका थिए ।
    समिक्षा दर्जीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मनोज विकले गरेका थिए । तालिममा सहभागिलाई प्रमाण पत्र तथा तथा अतिथिलाई मायाको चिनो वितरण गरिएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…