• अशोज १३ ! By:Ratokalam बिगत लामो समयसम्म प्रबास मलेसियामा रोजिरोटिको सिलसिलामा आउनु भएका लिम्बुवान ताप्लेजुङ (अन्दाजी ३० वर्ष ) का स्व: मिग्मा सेर्पा अतिनै सामाजिक कार्यमा लुप्त कसैलाई भनी नबिजाउने एक समाजका असल उदाहरणीय ब्यक्ति हुन् बिगत लामो समयसम्म प्रबास मलेसियामा सेकुरीटि कम्पनीमा काम गर्दै आउनुभएको हो । सेर्पा मलेसियाका निबर्तमान आदिवासी जनजाति महासघ मलेसियाका अध्यक्ष पदमा रहिआएका थिए । दोस्रो तथा सेर्पा केदुङ मलेसिया समाजका महासचिव तेस्रो बिश्व सेर्पा समाजका सल्लाहकार समेत र आधा दर्जन भन्दा धेरै सघ सस्थाहरुमा रहेर कार्य गर्दै आउनु भएका सेर्पा अचानक उहाँ लाई पछाडि ढाडमा नसा खुम्चिएकाले विभिन्न समस्या बिगत दुई हप्ता देखि नै हल्का समस्या देखा परेको र अत्याधिक ब्लड हाई प्रेसरका कारण उहाँको दु:खद निधन भएको खुल्न आएको छ । उहाँ सेकुरीटि काममा ब्यस्त थिए त्यतिबेला उहाँको पेट्रोलिङ अर्थात राउन्डिङ गर्ने क्रममा अचानक चक्कर लागि ढल्नु भएका सेर्पा उठ्नु भएन सरकारी एम्बुलेन्स समयमा नै आएको तर उहाँ लाई बचाउन सकिन्न भनेर हस्पिटलका अधिकारीहरुले बताएपछि हस्पिटल लाने तर्खरमा घटना स्थलमै उहाँको ज्यान गएको घटना स्थल कर्मी सेर्पाका साथी सङ्गिहरुले बताए ।अत : उहाँको पार्थिब सरिरलाई मलेसियाको क्वालालम्पुर सेलेङ्गर केलाङ हस्पिटल (फोरेन सिक ) मा राखिएको छ । उहाँ को पार्थिब सरिरलाई तत्काल नेपाल लैजान नसकिएको एक सहकर्मी मित्र रमेश पौडेल ले  बताउनु भयो । किनभने अहिले नेपालमा हिन्दु हरुको चाड पर्बका कारण यहाँका नेपाल राजदुत आवास नेपाल एम्बेस्सी बन्द रहेको र तत्कालीन हप्ता दिनमै नेपाल एम्बेस्सी मार्फत पहल गरि यहि पहिलो हप्तामा विभिन्न गैर आबसिय सघ सस्थाहरुको रोहवरमा नेपाल पठाईने जानकारी सेर्पाका सहकर्मी साथी दावा सेर्पा र रमेश पौडेल ले जानकार दिए । प्रबासमा यस्तै धेरै भन्दा धेरै मानवीय क्षति हुने देश हरु मधे मलेसिया पहिलो देश मानिन्छ किनभने यहाँ सबैभन्दा असुरक्षित र विभिन्न हट्याट्याक भैइ सडक दुर्घटना चोरी ,रेप विभिन्न यस्तै कारणले र मलेसिया अरु देशहरु भन्दा बेग्लै किसिमको देश मानिएकाले पनि यहाँ बढी मात्रामा श्रमजिबि नेपालीहरु असुरक्षित मानिने देश हो । यहाँ करिब ७ लाखको हाराहारीमा नेपालीहरु श्रम गर्ने गर्छन । स्व: सेर्पाको सब चाडै नै नेपाल लगि आफन्त जनहरुलाई बुझाउने विशेष पहल थालिएको सहकर्मी  पौडेलले बताउनु भयो ।  सेर्पा नेपालमा रहदै बस्दै पनि विभिन्न सामाजिक काममा तल्लीन थिए यहाँको पारिवारिक स्थिति पनि नराम्रो भने छैन तर विभिन्न राजनीति वाक्क दिक्क देशको परिस्थितिले गर्दा उहाँ बिदेशीनु भएको खास कारण रहन आएको छ । जस्तोसुकै भएपनी मानव शरीर एक दिन ढल्नै पर्ने हो तर उहाँको अल्पाआयुमा नै मृत्यु हुँदा कस्लाई पो हृदय भक्कानिदैनर ? उहाँको पारिवारिक जानकारी भने राम्रो सग खुल्न आएको छैन तर सेर्पा बिबाहित ब्यक्ति चाहिँ पक्कै पनि हुन् हामी सग प्रबासको हकमा विभिन्न राजनीति बहस चर्चा परिचर्चा देखि विभिन्न सामाजिक आर्थिक नैतिक भौतिक रूपमा प्रत्येक्ष रूपमा हृदय देखि लागी पर्ने ब्यक्ति आज हामी माझ गुम्दा यो मन भक्कानीरहेको छ । तर समय अनुसार र भौगोलिक वातावरण अनुसार आ-आफ्नै कार्यमा बिजि ब्यस्त भैइरहने भएकोले मन थाम्नु बाध्य भैईन्छ । जस्तोसुकै अबस्थामा भए पनि आदिवासी जनजाति महासघ नेपाल र विभिन्न जातिय सघ सस्थाहरुले उहाँको उच्च सम्मानका साथमा सदैव मुल्यांकन गर्नेछ भन्ने आसाबादी रहदै म अबिसेक किराँती बिस्वस्त रहेको जानकारी गराउन चाहान्छु । उहाँको आत्मा माथी स्वर्गमा बाँस गरोस् कहिल्यै पनि उहाँको आत्माले दुख नपाओस भन्दै शोक सन्तप्त परिवार आफन्त जन ईस्ट मित्र कुल कुटुम्ब छर छिमेकीहरुलाई धर्य धारण गर्ने शक्ति उनै सुम्निमा पारुहाङले/तागेरा निमाभुमाङले सोच्ने शक्ति दिउन भन्दै मृत्यु हुनु भएका सहकर्मी मित्र स्व: मिङ्मा सेर्पा जिलाई हार्दिक श्रद्दान्जली अर्पण गर्दछु । अलबिदा : मिङ्मा सेर्पा ।

    स्रोत मुख्य ब्यक्ति अबिसेक किराँती आदिवासी जनजाति महासघ सदस्यीय तथा किरात राई यायोक्खा सदस्यीय/ हाल प्रबास मलेसिया घर पुर्बी लिम्बुवान ईलाम/झापा

    Abishek Kiranti Mangolian

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…